१२ कार्तिक २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, आश्विन २९, २०७७

सप्तरी,२९असोज: नोबेल मेडिकल एन्ड टिचिङ अस्पतालले उपचारको क्रममा आन्द्रा काटिएर बिरामीको मृत्यु भएको घटना सामसुम पार्न विराटनगरस्थित नोबेल मेडिकल कलेजले मृतकका आफन्तलाई ३ लाख रूपैयाँ दिएर विवाद साम्य पारेको छ ।

विरामीको मृत्यु भएपछि दुई दिनदेखि आन्दोलनमा उत्रिएका मृतकका आफन्तलाई नोबेल अस्पताल प्रशासनले आज ३ लाख रूपैयाँ दिएर थामथुम बनाएका छन ।

मृतकका श्रीमान ओम भट्टराईले चिकित्सकले उपचारको क्रममा गम्भीर त्रुटि गरेका कारण बिरामीको मृत्यु भएको दाबी गरेका थिए । मंगलबारदेखि पीडित परिवार आन्दोलनरत भएका थिए ।

पेटमा समस्या भएपछि आइतबार नोबेलमा शल्यक्रिया लागि भर्ना भएकी सोलुखुम्बु नोचासल्यान– ४ की ३५ वर्षीय तारादेवी भट्टराईको मंगलबार मृत्यु भएको थियो । उपचारमा संलग्न चिकित्सकको लापर्बाहीले विरामीको मृत्यु भएको भन्दै मृतकका आफन्त मंगलबारदेखि आन्दोलनमा उत्रिएको थियो ।

उपचारको क्रममा बुझाएका १ लाख रुपैयाँ फिर्ता गर्ने र थप २ लाख रुपैयाँ क्षतिपूर्ती दिने सहमति भएपछि विवाद मिलेको छ।

विरामीको मृत्यु भएपछि मृतकका आफन्तले लापरबाही गर्ने चिकित्सकलाई कारबाही गरिनुपर्ने, ५ लाख रुपैयाँ क्षतिपूर्ती दिनुपर्ने र मृतकका छोराछोरीको अध्ययनमा लाग्ने सम्पूर्ण खर्च अस्पतालले बेहोर्नुपर्ने माग उनीहरुले राखेका भएपनी ‘दुई दिनसम्म लगातार आन्दोलनमा उत्रिएपछि अस्पताल प्रशासनले पीडितका आफन्तलाई वार्तामा बोलाएको थियो,’ वार्तामा सहभागि मृतकका एक आफन्तले भने, ‘अस्पतालमा लाग्ने सम्पूर्ण खर्च फिर्ता गरिदिने र दुई लाख क्षतिपूर्ति दिने भएपछि सहमति गरेका हौं ।’ अस्पतालले रकम दिएपछि मृतकका आफन्त शव बुझेर लगेका छन् ।

अस्पतालकका प्रबन्धक नारायण दाहालले अस्पतालले क्षतिपूर्ती दिएको नभएर मृतकका परिवारको आर्थिक अवस्था नाजुक रहेकोले आर्थिक सहयाता मात्र प्रदान गरेको दावी गरे । ‘यसलाई क्षतिपूर्ती भन्न मिल्दैन,’ उनले भने, ‘हामीले उपचारमा लागेको खर्च मिनाहा गर्दै उपचारको क्रममा तिरेको पैसा मात्र फिर्ता गरिदिएका हौं ।’

मृतक महिलाका श्रीमान ओम भट्टराईका अनुसार पीसीआर जाँचपछि सोमबार पाठेघर शल्यक्रिया गर्ने भन्दै अस्पतालमा भर्ना गरिएकी मृतकको शल्यक्रिया डा.शान्ति सुवेदीको टिमले गरेको थियो । सोमबार विहान शल्यक्रियापछि श्रीमतीको अवस्था सामान्य रहेकोमा पुनः साँझ अर्को शल्यक्रिया गरिएपछि उनको अवस्था गम्भीर बनेको आफन्तको भनाइ छ ।

हतारमा रहेका चिकित्सकले अप्रेशन थिएटरमा शल्यक्रियाको क्रममा आन्द्रा काटिदिएकोले उनको मृत्यु भएको आफन्तको दावी गर्दै आइरहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]