१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, माघ २८, २०७७

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाका किसानले पालेका खसीबाख्रा तथा भेडामा पीपीआर रोग देखिन थालेपछि नियन्त्रण गर्न सो विरुद्धको खोप दिन अभियान शुरु गरिएको छ । हरेक वर्ष किसानले पालेका खसीबाख्रा तथा भेडालाई पीपीआरको महामारीले सताउन थालेपछि गाउँपालिकाका सातवटै वडामा पीपीआरविरुद्धको खोप दिन साप्ताहिक अभियान शुरु गरिएको हो ।

राष्ट्रिय पीपीआर दिवसअन्तर्गत भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र उदयपुरको सम्पर्क कार्यालय दिक्तेलसँगको सहकार्यमा गाउँपालिकाले खसीबाख्रा र भेडालाई पीपीआरविरुद्धको खोप दिन थालिएको गाउँपालिकाको कृषि शाखा संयोजक सरगम बुढाथोकीको भनाइ छ । हाल गाउँपालिकाका सातवटै वडामा पशु प्राविधिकले खसीबाख्रा र भेडालाई पीपीआरविरुद्धको खोप दिइरहेका छन् ।

महामारीका रूपमा फैलिन सक्ने पीपीआर रोगबाट खसीबाख्रा र भेडालाई जोगाउन पीपीआरविरुद्धको खोप दिने व्यवस्था मिलाइएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए । “गत वर्ष गाउँपालिकाभित्रका किसानले पालेका करिब ३०० भेडाबाख्रा मरेका थिए”, उनले भने, “यस वर्ष रोग देखिनुभन्दा पहिले नै १२ हजार खोपको व्यवस्था गरेर खसीबाख्रा र भेडालाई खोप दिन अभियान शुरु गरिएको हो ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]