म्यानचेस्टर सिटीका पूर्व खेलाडी जोरेम बोयटेङकी प्रेमिका आफ्नै अपार्टमेन्टमा मृत फेला परेकी छिन । जेरोमले प्रमिकासँग ब्रेकअप भएको सार्वजनिक गरेको एक सातापछि नै कासिया लेनहार्टको मृत्यु भएको हो ।
पेशाले मोडल रहेकी कासियाको बर्लिन स्थित आफ्नै अपार्टमेन्टमा लाश भेटिभएको पुलिसले बताएको छ । २५ बर्षे कासियाको मंगलबार अपार्टमेन्टमा मृत अवस्थामा शरिर भेटिएको बर्लिन पुलिसले बताएको छ । उनको मृत्यु शंकास्पद रहेको बताइएको छ ।कासियाको जोरेमभन्दा पहिलेको रिलेसनबाट एक छोरा थिए । त्यो सम्बन्ध टुटेपछि उनले जोरेमसँग १५ महिनादेखि प्रेममा थिइन । उनीहरुले फेब्रेवरी दुई तारिखमा ब्रेकअप भएको बताएका थिए ।हाल बार्यन म्युनिखबाट खेलिरहेका जेरोमले आफ्नो ब्रेकअप भएको पहिले सार्वजनिक गरेका थिए । त्यसपछि कासिया बर्लिनमा मदिराले मात्तिएको तस्विर सामाजिक सञ्जालमा हालेकी थिइन । उनको रगतमा अल्कोहलको मात्रा बढि पाइएको छ ।
जेरोमले आफुलाई ब्ल्याकमेल गर्न सुरु गरेपछि आफुले ब्रेकअप गरेको बताएका छन । कासियाको मृत्युको खबर उनकी समकक्षी मोडल सारा कुल्काले गरेकी थिइन ।