कञ्चनपुर — तेस्रो साहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता बुधबारदेखि महेन्द्रनगरमा सुरु भएको छ । नेपाल हक्की संघको आयोजना र जिल्ला हक्की संघ कञ्चनपुरको समन्वयमा सुरु भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र नेपाली सेनाले विजयी सुरुवात गरेका छन् ।
महेन्द्रनगरस्थित कभर्ड हलको खेल मैदानमा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपाली सेनाले गण्डकी प्रदेशलाई २/० गोलले पराजित गरेको हो । नेपाली सेनाका निलिमा पाण्डेय र सानी खडकाले १/१ गोल गरे । यसैगरि दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश २ लाई ४/० गोलको फराकिलो अन्तरले पराजित गर्यो । सुदूरपश्मिका लागि बिन्दु रावलले ३ र लक्ष्मी बमले १ गोल गरे ।फानुग २ गतेसम्म सञ्चालन प्रतियोगितामा प्रदेश १, २, गण्डकी र सुदूरपश्चिमसंँगै नेपाली सेनाको विभागीय टोली गरेर ४ टीमको सहभागीता रहेको छ ।कभर्ड हलमा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले प्रतियोगिताको उद्घाटन गरे । उनले खेलकुदका माध्यमबाट देशको नाम उच्च हुने बताए । खेलाडीका माध्यमबाटै देशको नाम चल्ने भएकाले खेल क्षेत्रको विकासका लागि प्रदेश सरकारले आवश्यक नीति बनाएर अघि बढने बताए ।
‘खेलकुद र खेलाडी विकास र शान्तीका दुत हुन्,’ उनले भने, ‘अनुसाशित र मर्यादित भएर खेलको प्रदर्शन गर्नुपर्छ ।’ उनले नेपाली खेलकुदमा सुदूरपश्चिमको ठुलो योगदान भएकाले यो क्षेत्रका खेलकुदको पावरहाउसका रुपमा परिचित भएको बताए ।