१० मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ २९, २०७७

बेलायतमा केही महिनाअघिदेखि सुरु भएको कोरोना भइरसको दोस्रो लहर तथा पछिल्ला केही सातामा देखिएको कोरोनाको नयाँ स्वरूपको भाइरसपछि मृत्यु हुनेको संख्यामा कमी आएको छैन ।

यो भाइरसबाट मृत्यु हुनेको संख्या करिब सात माहिनापछिकै धेरै देखिन थालेको यहाँको सरकारी तथ्यांकले देखाएको छ । बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसल केयर’ले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत २४ घन्टामा थप एक हजार ५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।योसँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख १३ हजार आठ सय ५० जना पुगेको छ । यहाँ अहिले पनि संक्रमणको संख्या बढिरहेका समाचार आइरहेका छन् । मृतक तथा कोरोना संक्रमितको संख्या पहिलेको तुलनामा केही कमी देखिए पनि उल्लेखनीय रूपमा कमी आउन भने सकेको छैन । यहाँका स्वास्थ्यसम्बन्धी अधिकारीहरूले दिएको जानकारीअनुसार गत २४ घन्टामा १२ हजार तीन सय ६४ जना संक्रमित थपिएका छन् ।

सरकारी तथ्यांकमा उल्लेख भएअनुसार योसँगै बेलायतमा भाइरसबाट संक्रमित हुनेको संख्या ३९ लाख ७२ हजार एक सय ४८ जना रहेको छ । यसैगरी बेलायतबाट प्राप्त अर्को एक समाचारमा मंगलबारसम्मको तथ्यांकमा एक करोड २० लाखभन्दा बढी नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप दिइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]