१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ २९, २०७७

काठमाडौं । सरकारले केन्द्रीय कारागारका दुई हजार ७०३ कैदीबन्दीलाई कोरोना खोप प्रदान गरेको छ । सरकारले प्राथमिकताका आधारमा कोरोना खोप प्रदान गर्ने निर्णयअनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मीसँगै कैदीबन्दीलाई समेत कोरोना खोप प्रदान गरेको हो ।

केन्द्रीय कारागार जगन्नाथदेवलका सूचना अधिकारी रविनकुमार राईले तीन हजार ३३६ कैदीबन्दी रहेको केन्द्रीय कारागारमा दुई हजार ७०३ कैदीबन्दीलाई कोरोना खोप प्रदान गरिएको जानकारी दिए । ‘कोरोना खोप लगाउन नमान्ने कैदीबन्दी र बिरामी कैदीबन्दीबाहेक अन्य सबै कैदीबन्दीलाई कोरोना खोप प्रदान गरेका छौँ’, राईले भने ।विसं १९७१ मा स्थापना भएको मुलुककै पुरानो कारागारमा देशभरका अरु कारागारको तुलनामा धेरै कैदीबन्दी रहेका छन् । केन्द्रीय कारागार परिसरभित्र हाल केन्द्र, भद्र र महिला गरी तीनवटा जेल रहेका छन् ।देशभरका कैदीबन्दीको उपचारका लागि केन्द्रीय कारागार परिसरभित्र कारागार अस्पतालसमेत सञ्चालनमा आएको छ । उक्त अस्पतालको क्षमता ३० शय्याको रहेको छ ।

मुलुककै सबैभन्दा पुरानो र ठूलो कारागारमा ७३ जनालाई कोरोना सङ्क्रमण देखिएको थियो । तीमध्ये कोरोना सङ्क्रमणका कारण सातको मृत्यु भएको सूचना अधिकारी राईले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]