वासिङटन– अमेरिका र चीनबीच चलिरहेको तनावपूर्ण सम्बन्धबीच नयाँ राष्ट्रपति जो बाइडेनले चीनिया राष्ट्रपति शी जिनपिङसंग टेलिफोनमा पहिलो पटक कुराकानी गरेका छन् ।
बाइडेनले उक्त कुराको जानकारी ट्वीट गर्दै दिउका हुन् ।ट्वीट।रमा बाइडेन लेख्छन् –‘मैले आज राष्ट्रपति शीसंग कुरा गरेँ र चीनका नागरिकलाई लूनर नयाँ वर्षको बधाई दिएँ । मैले चीनको व्यापारको तरिकाका बारेमा पनि चिन्ता व्यक्त गरेँ । यसबाहेक मैले त्यहाँ भइरहेको मानव अधिकार उल्लंघन र ताइवानका साथ हुने जोर–जबर्जस्तीमा पनि चिन्ता प्रकट गरेँ । अमेरिका चीनसंग तबमात्र काम गर्नेछ, जब यसको फाइदा अमेरिकी मानिसलाई हुनेछ भनेर पनि भनेको छु ।’
चीन र अमेरिकाबीच ट्रेड वारको शुरुवात ट्रम्प प्रशासनको क्रममा भएको थियो । अब बाइडन प्रशासनको चीनप्रति कस्तो कदम बढाउँछ भन्नेतर्फ सबैको ध्यान केन्द्रित भएको छ ।