सोफियो केनिनको अस्ट्रेलियन ओपनको उपाधि रक्षा गर्ने सपना बिहीबार समाप्त भएको छ । डिफेन्डिङ च्याम्पियन केनिन दोस्रो चरणमा पराजित भइन् र प्रतियोगिताबाट बाहिरिन् ।
शीर्ष वरीयताकी एस्ली बार्टीको कडा चुनौतीलाई परास्त गर्दै अन्तिम १६ पुग्न सफल भएकी छन् । गत वर्ष पहिलो ग्रान्ड स्लाम उपाधि जितेर तहल्का मच्चाएकी केनिनले हारपछि आँसु पनि लुकाउन सकिनन् ।चौथो वरीयताकी केनिनलाई काइ कनेपीले ६४ मिनेटको खेलभित्र ६–३ र ६–२ ले पराजित गरिन् । उनी प्रतियोगितामा चुनौती सकिने पहिलो उच्च वरीयताका खेलाडी पनि भएकी छिन् ।‘मलाई लाग्छ, मैले केही पनि गर्न सकिनँ, म निकै निराश छु,’ भावनात्मक बनेकी केनिनले भनिन् । नम्बर १ खेलाडी बार्टीलाई पनि डारिया गाभरिलोभाले कडा चुनौती पेस गरेकी थिइन् ।
त्यसमा खेलमा उनी ६–१ र ७–६ (९/७) ले विजयी रहिन् । खेलपछि बार्टीले भनिन्, ‘आज खेल पक्कै पनि सजलो भएन ।’ जित आत्मसात् गर्नलाई उनले कोर्टमा एक घन्टा ३२ मिनेट बिताउनु परेको थियो ।