१२ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ २९, २०७७

सप्तरी – जिल्लाका ७ स्थानीय तहमा सामुदायिक ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत १ वर्षभित्र १२ हजार घरधुरीमा विद्युत् सेवा विस्तार हुने भएको छ । संघीय सरकारको ९० प्रतिशत र स्थानीय तहको १० प्रतिशत लगानीमा विद्युतीकरण गर्न लागिएको हो । जसमा स्थानीय तहहरुले करिब ६० करोड रुपैयाँ लगानी गरेका छन् ।

गत वर्षबाट सञ्चालन भएको कार्यक्रम कोरोना महामारीका कारण पछि धकेलिएको हो । अहिले सातवटै स्थानीय तहका सबै वडामा विद्युत् पुर्‍याउने गरी निर्माणको कामलाई तीव्रता दिइएको छ । २०५४ जेठदेखि सदरमुकाममा राष्ट्रिय प्रसारण लाइन पुगे पनि अन्य स्थानीय तहमा विद्युत् सुविधा पुगेको थिएन ।

भर्खरै डुंगेश्वर गाउँपालिका–२ मा राष्ट्रिय प्रसारण लाइन जोडिएपछि त्यहाँका ७ सय घरमा बिजुली बलेको छ । सामुदायिक ग्रामीण विद्युतीकरण साझेदारी कार्यक्रमको २ करोड ५० लाख र निर्वाचन क्षेत्र नं १ अन्तर्गत स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ३० लाख रुपैयाँमा विद्युत् विस्तार गरिएको हो । ७ नम्बर वडामा विद्युत् जडान भएसँगै गाउँपालिकाका सबै वडामा बिजुली पुगेको अध्यक्ष नगेन्द्र मल्लले बताए । ‘कोरोना महामारीमा पनि कामलाई तीव्रता दिइयो,’ उनले भने, ‘उपभोक्ताले पनि सक्रियता देखाएपछि अरू पालिकाभन्दा यहाँ छिटो बत्ती बल्यो ।’

गुराँस गाउँपालिका अध्यक्ष खेमराज ओलीले एक वर्षभित्रै ४ हजार घरधुरीमा बिजुली पुर्‍याउने गरी निर्माणको कामलाई तीव्रता दिइएको बताए । उनका अनुसार आगामी दसैंसम्म विद्युतीकरणको काम सक्ने योजना छ । गुराँसले २० करोड, महाबुले १० करोड, डुंगेश्वरले २ करोड ५० लाख, नौमुलेले ५ करोड ५० लाख, भगवतीमाईले ८ करोड र भैरवीले ९ करोड रुपैयाँ सामुदायिक विद्युतीकरणमा लगानी गर्न लागेका छन् । यसका लागि संघीय सरकारसँग २ वर्षको अवधि रहने गरी सम्झौता गरिएको छ ।

कार्यक्रम राष्ट्रिय प्रसारण लाइन नपुगेका ठाउँमा केन्द्रित गरिएको चामुन्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलक विकले बताए । दुल्लु नगरपालिकाले करिब ६० प्रतिशत काम सकिएको जनाएको छ । चैतभित्र ८० प्रतिशत काम सक्ने लक्ष्य लिइएको नगरप्रमुख घनश्याम भण्डारीले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]