०५ आश्विन २०८१, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ २९, २०७७

काठमाडौं । काठमाडौमा वाटर एटिएम सञ्चालनमा आएको छ । खानेपानी मन्त्री मणिचन्द थापाले बालाजु बाइसधारा उद्यानको प्रवेशद्वारमा वाटर एटीएमको उद्घाटन गरेका छन् ।

‘प्लाष्टिकरहित सहरको परिकल्पनामा सहभागी बनौँ’ भन्ने नारालेखिएको बोर्डसँगै वाइसधारा उद्यानमा एटिएम उद्घाटन गरेका हुन् । काठमाडौँ महानगरपालिका वडा–१६ स्थितरत्नपार्क शंखधर उद्यानको प्रवेशद्वार र त्यसपछि स्वयम्भूमा वाटर एटीएमको उद्घाटन गरेका मन्त्रीले बालाजुमा पनि वाटर एटिएम उद्घाटन गरेका हुन् । मन्त्री थापाले आधुनिक प्रविधिसँग जोड्दै काठमाडौँ महानगपालिकासँगको सहकार्यमा पहिलो पटक ‘वाटर भेन्डिङ मेसिन’को उद्घाटन गर्न पाउँदा खुशी लागेको बताए । ‘आजै हामीले रत्नपार्क क्षेत्र, स्वयम्भू र बालाजु गरी तीन ठाउँमा ‘वाटर भेन्डिङ मेसिन’ को उद्घाटन गरेका छौँ,’ मन्त्री थापाले भने, ‘पहिलो चरणमा उपत्यकाका १५ स्थानमासञ्चालन गर्ने तयारी छ । विस्तारै मुलुकभरीकै सहरमा यो व्यवस्था लागू गर्नेछौँ ।’रत्नपार्कको उद्घाटनमा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायतको सहभागी थियो । खानेपानी सचिव माधव बेल्बासेले पनि छिट्टै राजधानीका १५ स्थानमा यो लागू गर्ने उल्लेख गरे । ‘शुद्ध, प्रविधियुक्त र सस्तो मूल्यमा सर्वसुलभ ढंगले सर्वसाधारणलाई पिउने पानी उपलब्ध गराउने उदेश्यले काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बार्डको सहकार्यमा पहिलो चरणमा चार स्थानमा वाटर एटीएमको सुरुवात गरेका छौँ’ उनले भने, ‘थप ११ स्थानमा पनि हामी छिट्टै उद्घाटन गर्ने तयारीमा छौँ ।’‘प्लाष्टिक र वोतलको पानी प्रयोगमा कमी ल्याई वातावरणीय सुधार कार्यमा टेवा पुर्याउने उदेश्यले यसको थालनी गरेका हौँ,’ काठमाडौँ महानगरपालिका सहरी योजना आयोगका उपध्यक्ष सरोज बस्नेतले भने । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँगको सहकार्यमा महानगरपालिका क्षेत्र भित्रका पाँच स्थानमा वाटर एटीएम रहने छन । त्यसका लागि महानगरपालिकाले स्थान उपलब्ध गराएको छ भने व्यवस्थापन बोर्डले नै गर्नेछ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बार्डका कार्यकारी निर्देशक सञ्जिव विक्रम राणाले करिब २ करोडको लगानीमा उपत्यकाका १५ स्थानमा यस्तो मेसिन राख्ने तयारी स्वरुप पहिलो चरणमा तीन स्थानको उद्घाटन गरेका दिए ।
वाटर भेन्डिङ मेसिन कसरी प्रयोग गर्ने ?

पाँच वा १० को नोटलाई वाटर भेन्डिङ मेसिनसँगै रहेको पैसा साट्ने मेसिनबाट रु १ को सिक्कामा साट्ने । साटेको १ रुपैयाँको सिक्कालाई कप डिस्पेन्सर मेसिनको सिक्का हाल्ने ठाउँमा छिराउने र २०० मिलिलिटर कागजको कप लिने । कपलाई लगेर कप वा बोतल थाप्ने धाराको तल राख्ने । अनि १ को सिक्कालाई धारासँगैको सिक्का हाल्ने ठाउँमा धारा र सिक्का हाल्ने ठाउँको अंक मिलाई छिराउने । २०० मिलिलिटर शुद्ध पिउने पानी कप वा बोतलमा झर्ने छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]