०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ २९, २०७७

सप्तरी – सप्तरी लगायत तराईका मुर्ति कलाकारहरुलाई नजिकिदै गरेको कारण सरस्वती पुजा भ्याइ नभ्याइ छ । सरस्वती पुजा आउन अब ५ दिन मात्र बाँकी छ ।

मुर्तिको अर्डर बढन थाले पछि ग्रामिण र सहरी क्षेत्रका दर्जनौ मुर्तिकार अहिले माटाका सरस्वतीको मुर्ति बनाउन र अन्तिम रुप दिन व्यस्त भएका छन । यस्तै मुर्तिहरु बिक्री गरेर कोही कोहीले वर्षै भरिको जोहो समेत टार्ने गरेका छन ।राजबिराज ७ का धुरण सरदार माझीले अहिले सम्म ४९ वटा मात्र मुर्ति बनाउन सकेका छन । अर्डर भने दिनहु जसो आउने गरेको छ । उमेरले ५० वर्ष नाघेका माझी बास, पराल, माटो र रंगको संयोजन गरेर मुर्ति बनाउछन ।मुर्तिको आकार र मिहिनेत हेरी २ हजार ५ सय देखी १५ हजार रुपैयाँ सम्मका सरस्वतीका मुर्ति बनाएका छन । सबै अर्डरको हो, उनले भने, तर अर्डर आए जति बनाउन सकिएको छैन । विष्णुपर गाँउपालिका ६ का अर्का मुर्तिकार श्याम मुखियाले भने, अर्डर धेरै आएको छ तर चिसोले गर्दा चाहे जति बनाउन सकिएको छैन ।मुर्ति कला प्रति युवाहरुको आर्कषण घटदै गएकोले पनि समस्या भएको उहाँको भनाइ छ । प्रति ट्रयाक्टर एक हजारका दरले माटो खरिद गर्नु पर्ने र मुर्तिलाई सजाउन प्रयोग गरिने रंगरोगन र सिंगारका सामान पनि महंगिएकाले यस पल्ट मुर्तिको लागत मुल्य बढी पर्न गएको मुखियाको भनाई छ ।बुद्धि ज्ञान र विद्याको रुपमा सारा विश्वमा आफ्नो कृपाले ज्ञानको प्रकाश फैलाउने सरस्वतीलाई श्री पञ्चमीका दिन विद्यार्थीले श्रद्धापूर्वक पूजा अर्चना गर्ने परम्परा रही आएको छ ।

यस पूजाको तयारीका लागि विद्यार्थी, अभिभावक र विद्यालयका संचालक सबै उत्साहका साथ जुटेका छन् । यस पल्ट सरस्वती पूजा आगामी मंगलबारका दिन परेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]