डेमोक्र्याटिक सांसदहरुले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरी ६ मा अमेरिकी संसद भवन क्यापिटलमा दंगा भड्काएको पुष्टि भएको बताउँदै ट्रम्पलाई महाअभियोग लगाउनै पर्ने तर्क पेस गरेका छन् ।
पूर्व राष्ट्रपति ट्रम्पलाई महाअभियोग नलगाए पुनः यस्तै गल्ती दोहोर्याउने भन्दै डेमोक्र्याटहरुले सचेत गराएका हुन् ।पछिल्लो बहसमा महाभियोग अभियोजकहरूले ट्रम्पलाई हिंसासँग जोड्दै यसको असर दीर्घकालसम्म पर्ने बताएका छन् ।डेमोक्र्याटहरुले प्रहरी, कर्मचारी, गुप्तचर निकायका अधिकारी र विदेशी मिडियाबाट पनि उनीहरूको मुद्दाको बारेमा जानकारी प्रस्तुत गरेका छन् ।
पूर्व राष्ट्रपति ट्रम्पको रक्षात्मक टोलीले आजै सिनेटमा डेमोक्र्याटहरुले प्रस्तुत गरेको तर्कका सम्बन्धमा जवाफ पेश गर्ने कार्यक्रम छ ।।