१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ ३०, २०७७

गोरखा । संघबाट प्रदेशमा हस्तान्तरण भएका गोरखाका चार वटा मोटरेवल पुल अलपत्र अवस्थामा छन् । पुल निर्माण हुने समय भइसके पनि ठेकेदारले लापरवाही गरी पटक पटक म्याद मात्र थप्न लगाएका छन् ।

एक बर्षअघि नै निर्माण भइसक्नुपर्ने पालुङटार नगरपालिकाको बडहरे खोला पुलको ४० प्रतिशत र लगाम खोला पुलको ९५ प्रतिशत मात्र काम भएको पूर्वाधार विकास कार्यालय गोरखाले जनाएको छ ।दुवै पुल निर्माणका लागि निलगिरी निर्माण सेवासँग २०७५ वैशाख २० गते सम्झौता भएको थियो । २०७६ साउन २० सम्ममा काम सक्नुपर्ने सम्झौतामा उल्लेख छ । तर दुई पटक म्याद थप भइसक्यो । अन्तिम पटक थपिएको म्याद अनुसार २०७७ असोज २९ गतेसम्म काम सक्नुपर्ने भएपनि हालसम्म काम पूरा नभएको कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर गणेश सुवेदीले बताए । ‘पटक/पटक म्याद थप भइसक्दा पनि काम सकिएको छैन,’ उनले भने ।बडहरे खोला पुलको लागत एक करोड १८ लाख र लगाम खोला पुलको लागत एक करोड १० लाख रुपैयाँ रहेको छ ।त्यस्तै गोरखा नगरपालिका र शहीद लखन गाउँपालिका जोड्ने लुदी खोला पुल र गोरखा–पालुङटार जोड्ने दरौदी खोला पुल पनि अलपत्र छ । दरौंदी खोला पुल निर्माणका लागि इलाइट एडभेन्चर धनथान जेभीसँग २०७३ साल असार २७ गते सम्झौता भएको थियो ।

सम्झौता अनुसार २०७५ असार मसान्तसम्म काम सक्नुपर्ने हो । तर समयमै काम नभएपछि दुई पटक म्याद थप भइसकेको कार्यालयका इन्जिनियर सुवेदीले बताए ।‘अन्तिम पटक थप भएको म्याद अनुसार २०७७ साल जेठ मसान्त भित्र काम सक्नुपर्ने हो, तर अहिलेसम्म ४५ प्रतिशत भन्दा बढी काम भएको छैन,’ उनले भने । यो पुल निर्माणका लागि निर्माण कम्पनीसँग ४ करोड ६ लाख रुपैयाँमा सम्झौता भएको थियो ।लुदी खोला पुल निर्माणको काममा पनि ठेकेदारकाले उस्तै लापरवाही छ । पुल निर्माणका लागि निलगिरी अधिकारी जेभीसँग २०७५ असार २९ गते सम्झौता भएको थियो ।सम्झौता अनुसार २०७६ असार १५ गते काम सक्नुपर्ने हो । काम नसकेपछि दुई पटक म्याद थप भइसकेको सुवेदी बताउँछन् । अन्तिम पटक थप भएको म्याद अनुसार २०७७ पुस ११ गतेभित्र काम सक्नुपर्ने थियो । तर हालसम्म करिव ८५ प्रतिशत मात्र काम सकिएको उनले बताए । यो पुल निर्माण गर्न ४ करोड ६ लाख रुपैयाँमा सम्झौता भएको थियो ।

ठेकेदारलाई जरिवाना :
पटक पटक थप गरिएको समयमा पनि काम सम्पन्न नगरेपछि निर्माण कम्पनीलाई कारवाही गरिएको कार्यालयले जनाएको छ ।माघ महिनादेखि ठेक्का सम्झौता रकमको प्रति दिन ०.०५ प्रतिशत जरिवाना तोकिएको कार्यालय प्रमुख दयाराम अधिकारीले बताए । ‘हामीले दश प्रतिशतसम्म जरिवाना लिन मिल्छ, माघ महिनादेखि उहाँहरुलाई जरिवाना लगाइसकेको छ,’ उनले भने ।दरौंदी खोला पुल निर्माणको जिम्मा लिएको इलाइट एडभेन्चर धनथान जेभीले कोरोनाका कारण समस्या भएको बताएको छ । ‘कोरोना पनि भयो, फेरि पाइलिङ गर्दा चट्टान भेटिएर समस्या पनि वनायो,’ इलाइट एडभेन्चर धनथान जेभीका प्रकाश पौडेलले भने ।

बाँकी पुलको जिम्मा लिएको निर्माण कम्पनीका डालनाथ अधिकारीले जग्गा मुआब्जाको विवादका कारण लुदी खोला पुल निर्माणमा ढिलाइ भएको बताए । उनले अबको एक महिनामा काम सक्ने दावी गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]