०५ आश्विन २०८१, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ ३०, २०७७

सिन्धुली । के तपाई टेम्पु चढ्दै हुनुहुन्छ ? खल्तीमा पैसा छैन ? यदि छैन भने पनि तपाईं चिन्ता नगर्नुहोस, सिन्धुलीमा अटो चढ्नप-यो भने बैंकबाटै भाडा तिर्न सकिने भएको छ ।

जसका लागि जिल्लाका अटोहरुले क्युआर कोर्ड लिएका छन् ।जुनसुकै बैंक खाताबाट अटोवालाको क्युआर कोर्डको प्रयोग गरि बैंक खातामा पैसा पठाउन सकिने छ । जसका लागि क्युआर कोर्ड स्क्यान गर्नुहोस र फोन पे मार्फत पैसा ट्रान्फर गर्नुहोस ।सिभिल बैंकले सिन्धुलीमाढीमा एक औपचारिक कार्यक्रम आयोजना गरि क्युआर कोर्डबाट पैसा तिर्न सक्ने व्यवस्था लागु गरेको छ । जसको उद्घाटन राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका छन् । उनले अटो चालक व्यवसायीलाई क्युआर कोर्ड कार्ड हस्तान्तरण गरि क्युआर कोर्ड प्रविधिको प्रयोग गरेका हुन् ।क्युआर कोर्डको प्रयोग अब मन्दिरमा जाँदा समेत गर्न पाईने भएको छ । कालिमाई मन्दिरमा पनि क्युआरकोर्डबाट मन्दिर व्यवस्थापन समितिको खातामा मन्दिरको भेटि बापतको पैसा हाल्न सकिने भएको छ । गभर्नर अधिकारी तथा सिभिल बैंकका कार्यकारी निर्देशक गोविन्द गुरुङले मन्दिरको भेटि पनि क्युआर कोर्ड मार्फत गरेका छन् ।यस्तै फलफूल पसलमा समेत क्युआर कोर्डको प्रयोग गरि सिन्धुलीको जुनार खरिद गरिएको छ । बैंकले सवारी साधनमा पहिलोपटक सिन्धुलीको कमलामाई नगरपालिकाबाट क्युआर कोर्डको प्रयोग गरेको हो । यो कोर्ड पहिलो चरणमा ७६ वटा अटोमा सुरु गरिएको छ । विस्तारै सबै अटोमा यो कोर्ड लागु हुने सिविल बैंक सिन्धुलीले जनाएको छ ।गो क्यासलेस, सुभारम्भ कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले क्युआरकोर्डको प्रयोगमार्फत क्यासलेस गर्ने प्रविधिको सुरुवात मात्र नभई निरन्तरता दिन आग्रह गरेका छन । उनले नेपालमा हरेक वर्ष सवा ६ अर्व नगद छपाई गर्नुपरेको बताउँदै नगद छाप्ने पैसा जोगिने, नेपालको पैसा विदेश नजाने, हराउने, चोरीने डर नहुने र विभिन्न संक्रामक रोगको जोखिम नहुनुका साथै दैनिक जीवन सहज हुने भएको यो प्रविधि प्रभावकारी रहेको बताए ।
अधिकारीले यो कोर्डको प्रयोग हरेक सार्वजनिक सेवामा लागु हुनुपर्नेमा जोड दिएका छन । उनले भनेका छन, ‘अटोमा क्युआरकोर्ड प्रयोग गर्दा पेट्रोल पम्पमा पनि आवश्यक हुन्छ, राज्य, व्यक्ति, पसल, व्यवसाय सबैको लागि यो प्रविधि सहज छ ।’ उनले विद्युतिय कारोबारले नोटको सर्कुलेसन रोक्न सहयोग पुग्ने बताउँदै देशको बाहिर जानबाट रोकिने बताएका छन ।

क्युआर कोर्डमा प्रवेश गरेका व्यवसायीलाई दैनिक व्याज दिने समेत व्यवस्था बैंकले व्यवस्था गरेको छ । यसले व्यवसायीको कारोवार समेत पारदर्शि हुने र ऋण लगानी गर्न समेत सहज हुने बैंकका कार्यकारी निर्देशक गोविन्द गुरुङले बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]