१२ कार्तिक २०८१, सोमबार
wait Please...

एस एन यादव

शनिबार, कार्तिक ०१, २०७७

सप्तरी-सप्तरीको साबिक बरहि बिरपुर हाल छिन्नमस्ता गाउपालिका वडा न.१ मा वडा दशेकाे अवसरमा स्थानियबासिहरुकाे अगुवाइमा नव दुर्गा भगवतिकाे मन्दिर स्थापना गरि आज बृहत कलश यात्रा निकालिएकाे छ ।

नेपालिहरुकाे महान चाड वडा दशैंकाे अवसर पारेर साबिक बरहि बिरपुरकाे बरहि पाेखरिकाे डिलमा वडा कार्यालय तथा स्थानियबासिहरुकाे सहयाेगमा दुर्गा भगवतिकाे मन्दिर समेत एक कायर्ममका बिचमा समुदघाट गरिएको हाे । वडाअध्यक्ष बिनाेद कुमार यादव ,युवा पत्रकार शुभ नारायण यादव समाजसेविहरु रामधन राय ,देव नारायण यादव ,नेतिलाल यादव सहितकाहरुले साे मन्दिर स्थापना गरि सयांैकाे सङ्ख्या महिला ,पुरुष तथा बालवालिकाहरुले समेत बृहत् कलश सहित यात्रा गरेका छन ।

बरहि बिरपुरके काेशि नहरमा जल रिसार गरि निकालिएको कलश यात्रा बरहि बिरपसरकाे पुरै वडा परिक्रमा गरेकाे थियाे । अगामि दशैं अवधिभरि मनाउने दुर्गा पुजाकाे सम्पुर्ण तयारि पूरा भइसकेकाे अायाेजक कमिटिका रामधन रायले जानकारि दिए । साे बरहि पाेखरिकै नाउबाट बरहि बिरपुर गाउकाे नामाकरण गरिएको तथा त्यहा डिहवार बावाकाे दरवार समेत रहेकाले उक्त स्थानमा दुर्गा भगवती मन्दिरको समेत निर्माण वडा कार्यालय तथा सम्पूर्ण वडा बासिहरुकाे सहयाेगमा भएकोले धार्मिक काममा सबै जनालाई सहयाेग गर्न आग्रह वडाअध्यक्ष बिनाेद कुमार यादवले गरेका छन ।

यता दशैं अवधिभरि त्यहा विभिन्न धार्मिक ,सास्कृतिक प्रोग्राम समेत सन्चालन हुने अायाेजक कमिटिका सन्ताेष कुमार यादवले जानकारि दिएका छन । साे अवधिमा स्थानिय तथा जिल्लाका सु प्रसिद्ध कलाकारहरु समेत अाउने प्रोग्राम रहेकाे स्थानिय कलाकार जितेन्द्र यादव जितुले जानकारि दिए । साे बस्तिमा पहिलाे पटक यस्ताे ठुलाे मुर्तिको स्थापना भइ भव्य मेलाकाे अायाेजना हुन लागेकाले स्थानियबासिहरुकाे चासाेकाे बिषय समेत बनेका छन ।यस्तै सप्तरीको बिष्णुपुर गाउपालिका वडा न.६ गाेरगमाका साथै जिल्लाकाे विभिन्न स्थानमा समेत दुर्गा भगवतिकाे मुर्ति स्थापना गरि यश बर्षकाे दशैं हर्षउल्लासका साथ मनाइरहेका छन । यता विगत लामाे समयकाे बन्दा बन्दी र लकडाउनका कारणले यस बर्ष मुलुककै प्रसिद्ध छिन्नमस्ता भगवतिकाे दर्शनमा स्रधालु भक्तजनहरुकाे सङ्ख्यामा कमि देखिएकाे मन्दिरका पिठाधिश महाकान्त ठाकुरले जानकारि दिएका छन ।

एकातिर काेराेना भाइरस तथा अर्कातिर जिल्ला प्रशासन कार्यालय सप्तरीले अगामि मङ्सिर ७ गते सम्मकाे लागि मठ मन्दिर तथा शक्तिपिठहरुमा निषेधाज्ञा जारि गरेपछि झन माताकाे दरवारमा भक्त जनहरुकाे चहल पहलमा कमि अाएकाे पिठाधिक ठाकुरकाे भनाइ रहेकाे छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]