१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०१, २०७७

सप्तरी – मकैको सिजन सुरु भएसँगै यसको मूल बीउ अभाव देखिएको छ । हाल मूल बीउ करिब ३१ हजार ९१ किलो मौज्दात रहेको बीउबीजन गुणस्तर नियन्त्रण केन्द्रको तथ्यांक छ । तर मूल बीउको माग भने ४५ हजार किलोभन्दा बढी रहेको केन्द्रका निमित्त प्रमुख केशव देवकोटाले जानकारी दिए ।

मूल बीउ स्रोत बीउ हो । यसबाट उन्नत बीउ निकालिन्छ । प्राइभेट कम्पनी, सहकारी र बीउ उत्पादन समूहले मूल बीउ लगेर उन्नत बीउ उत्पादन गरी किसानलाई उपलब्ध गराउँछन् । अहिले भने सिजनमै मकैको मूल बीउ अभाव देखिएको हो । ‘मकैका १५/२० वटा जात छन् । ती बीउमध्ये मुख्यतः अरुण–२, रामपुर कम्पोजिट र मनकामना–३ को माग आएको छ,’ उनले भने, ‘तर पर्याप्त बीउ उपलब्ध गराउन सकिएको छैन ।’ यी जात नेपालमै विकास गरिएका हुन् ।

नेपाल कृषि अनुसन्धान परिषद्का सूचना अधिकारी बाबुराम पौडेलले भने मकैको बीउ अभाव नभएको दाबी गरे । ‘अभाव छैन, बीउ जति पनि छ । कतिपय अवस्थामा बीउ बिक्री नभएर नष्ट पनि गरेका छौं, बिक्री भएको भए नष्ट गर्ने अवस्था आउने थिएन,’ उनले भने, ‘यद्यपि किसानले कुनै जातको माग बढी गर्छन्, कुनै जातको माग नै हुँदैन ।’

विशेषगरी मकै माघदेखि वैशाखसम्म लगाउने गरिन्छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) सँगै सहकारी र निजी कम्पनी गरी करिब ४४ वटाले मूल बीउ उत्पादन गर्छन् । तर उनीहरू मकैभन्दा धान र गहुँमा केन्द्रित छन् । जसले गर्दा मकैको मूल बीउ अभाव देखिएको हो । अरुण–२, रामपुर कम्पोजिट र मनकामना–३ जात पहाडसँगै तराईका लागि पनि सिफारिस गरिएको छ । अहिले पहाडका लागि व्यापक माग आएको केन्द्रले जनाएको छ । जानकारका अनुसार स्वादिलो र दाना पनि चम्किलो भएकाले किसानको रोजाइमा यो परेको हो ।

‘यी तीनबाहेक मनकामना–६, पोसिलो मकै, देउतीलगायत जात पनि छन्,’ निमित्त प्रमुख देवकोटाले भने, ‘तर तिनको माग छैन ।’ नार्कले मकैका अन्य जात पनि विकास गरेको छ । तर किसानले अरुण–२, रामपुर कम्पोजिट र मनकामना–३ मात्रै रुचाएका छन् । ‘किसानको माग यस्तो छ । तर नार्कले यी तीन जात उत्पादन गरेन । किसानले मन नपराएका जात उत्पादन गरिरहेको छ,’ उनले भने, ‘समस्या त्यही हो । जसका कारण बीउभन्दा मूल बीउको अभाव भयो ।’

विगतमा जिल्ला कृषि विकास कार्यालय हुँदा पनि यी जातको माग उत्तिकै थियो । त्यस बेला जिल्ला कृषि विकास कार्यालयको नेतृत्वमा विभिन्न सहकारी, कम्पनी, संघसंस्थाले पहाडमै बीउ उत्पादन गर्थे । जसले गर्दा मागअनुसार उत्पादन भइरहेको थियो ।

संघीय संरचनासँगै अहिले जिल्ला कृषि विकास कार्यालय हट्यो । कृषि ज्ञान केन्द्रले पनि त्यति काम गरेनन्, जसले गर्दा थप समस्या भएको देवकोटाले जानकारी दिए । ‘अहिले गाउँपालिका/ नगरपालिकामा बीउ उत्पादनको कार्यक्रम छ । गाउँपालिका/नगरपालिकाबाट माग पनि व्यापक आएको छ,’ उनले भने, ‘तर सहज रूपमा बीउ उपलब्ध गराउन सकेका छैनौं ।’

मुलुकभर करिब ९ लाख ५४ हजार हेक्टरमा मकै खेती हुन्छ । आर्थिक वर्ष २०७५/७६ मा ११ सय ७८ टन आयात भएको मकैको बीउ आर्थिक वर्ष २०७६/७७ मा १५ सय टन आएको केन्द्रको तथ्यांक छ । उक्त बीउ खरिदमा गत वर्ष मात्रै ४० करोड रुपैयाँ बाहिरिएको देवकोटाले बताए । औपचारिकसँगै अनौपचारिक क्षेत्रबाट पनि सोही परिमाणमा आयात हुन्छ ।

केन्द्रका अनुसार बीउ आयात गर्नकै लागि करिब ४० कम्पनी छन् । भारत चीन, थाइल्यान्ड, कोरिया, जापानलगायत मुलुकबाट ती कम्पनीले बीउ आयात गर्छन् । उनीहरूले मुख्यतः धान, मकै र तरकारीको बीउ आयात गर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]