भारत उत्तराखण्डको चमोली जिल्लामा एक साताअघि भएको हिमताल विष्फोटनमा परी मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।
गत ७ फेब्रुअरीका दिन हिमताल विष्फोट भएको थियो । उद्दारमा खटिएको टोलीले आइतवार तपोवन सुरुङबाट थप ५ वटा शव बरामद गरेको बताइएको छ । शुक्रवार सुरुङबाट १ शव निकालिएको थियो ।
घटनामा २ सय ४ जना बेपत्ता भएको बताइएको छ । जसमा ३८ शव यसअघि नै निकालिएको र २ जनाको जीवितै उद्दार गरिएको छ ।