०५ आश्विन २०८१, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण ०२, २०७७

काठमाडौं – नवलपरासीका चिनी मिलहरु उखुको अभावमा बन्द हुन थालेका छन्। उखु बिक्रि भुक्तानीको समस्या र सरकारी उदासिनताले उखु किसान मात्र नभई स्वय उद्योगहरु पनि धरापमा परेका हुन् । उद्योगहरुबाट ठगिएको भन्दै किसानहरुले उखु खेती नै मासेका छन् ।

खेती गरेकाले पनि उखु भेली उद्योगलाई दिन थालेका छन् । जसका कारण जिल्लाको प्रायः चिनी उद्योग संचालनमा आउन सकेका छैनन् । सुस्तामा रहेको बाग्मती सुगर मिलले क्रसिङ सुरु गरेको दोश्रो हप्तादेखि नै उखु नपाएको भन्दै मिल बन्द गरेको छ ।

क्रसिङको सूचना किसानका घरघरै पु¥याउदा पनि अधिकाश किसानले भेली उद्योगलाइ उखु बेचेको उद्योगले जनाएको छ । सुनवलमा रहेका लुम्बिनी चिनी कारखाना र प्रतापपुरमा इन्दिरा सुगर मिल पनि बन्द छन् ।

दुई वर्ष अघिकै उखुको भुक्तानी नपाएको भन्दै यहाँका किसानले भेली उद्योगलाइ उखु बेचेका छन् । सुनवलको लुम्बिनी चिनी मिलको उधारो कारोबारले पनि किसान बर्षौदेखि पीडित छन । सरकारले निर्धारण गरेको मुल्य समेत उद्योगले नदिएपछि मिल गेट एरियाका किसानले उखु मासेर अन्य बाली लगाएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]