१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण ०२, २०७७

हिजोआज दिन–प्रतिदिन महिला हिंसा बढ्दै गएको छ । अहिलेको २१ औं शताब्दीमा आएर पनि नारीप्रतिको पुरुषको यस्तो आचरण देख्न पाउनु भनेको विश्वकै लागि लज्जास्पद कुरा हो । यस्तो आचरणले महिलाको अस्मितामाथि खेलबाड त ग-यो नै, साथै पुरुष जातिप्रतिको सोच तथा अवधारणालाई यसले कलंकित बनाएको छ ।

प्रत्येक दिन बलात्कार, बलात्कारपछि हत्या, जबर्जस्ती करणी, एसिड आक्रमण तथा अन्य यौन शोषणजस्ता नयाँ–नयाँ घटनाहरू प्रत्यक्ष तथा सामाजिक सञ्जालमार्फत देख्न र सुन्नमा आइराखेको हुन्छ र अपराधीहरू समाजमा अपराधपछि पनि सामान्य जसरी खुलेआम डुलिरहेका हुन्छन् । हाम्रो देशको न्यायको झनै के कुरा गर्नु र ? केही समयको जेल सजाय, धरौटी र आपसी मिलेमतोमा उक्त अपराधी छुटिरहेको हुन्छ । कसैको परिवार र इज्जत तहसनहस पार्ने त्यस्तो अपराधीहरूलाई यस्तो सामान्य सजाय ? पीडित पक्षले के न्याय पाएकै हो त ? सजाय यस्तो खालको होस् कि अर्को पटक त्यस्तो अपराध गर्नुअगाडि अपराधीको मनमा डर उत्पन्न भएर हातखुट्टा कामोस् । तर, यहाँको सजायको कारणले गर्दा पनि अपराधीको मनमा हौसला मिल्छ कि अपराध गरेपछि पनि छुट्कारा पाइन्छ । यही सोचका कारणले नै हाम्रो समाजमा अपराध बढेको हो ।

यदि बलात्कारको सजाय मृत्युदण्ड हुने हो भने के अपराधीको हौसला बढ्छ त ? कदापि बढ्दैन । यदि यस्तो सजाय लागू भएको भए आपराधिक गतिविधि निर्मूल नभए पनि केही हदसम्म कमी भने अवश्य आउँथ्यो होला । दुःख त्यहाँ लाग्छ कि देशको राष्ट्रपति एक महिला भएको देशमा महिला कतै सुरक्षित छैनन् । अझै भन्नुपर्दा महिला आमाको कोखमा समेत सुरक्षित छैनन् । किनकि जति नै शिक्षित भए पनि सबैलाई सन्तानका रूपमा छोरा नै चाहिएको हुन्छ । नारी न त आमाको कोखमा, न त बाहिरी संसारमा सुरक्षित छिन् । अचम्म कहाँ लाग्छ भने अहिले संसद् विघटनका कारण देशभर आ–आफ्नो पार्टीको समर्थनका लागि ¥याली, जुलुस, बन्द–हड्ताल, कतै गाडी जलाएका छन् भने कतै हातपात गरेर आफ्नो रोष प्रकट गरेका छन् र सबै जना तोडफोड गर्नमा उत्रिएका छन् । तर, यसरी नै सबै जनता मिलेर बलात्कारीलाई तथा एसिड छ्याप्ने दोषीलाई सजाय दिलाउनका लागि लागिपरेको भए आज निर्मला पन्त र सम्झना विकजस्ता अन्य साना–साना नानीहरूले पनि न्याय पाउँथे होलान् ।

सदैव हामी हाम्रा नानीहरूलाई मात्र सभ्य भएर बस्न, हिँड्न र बोल्न सिकाउँछौैं, तर यो गलत हो । छोरीलाई मात्र हैन, छोराहरूलाई पनि नारीको इज्जत गर्न र शिष्टाचारको पाठ सिकाउन जरुरी छ । जसको इज्जतमाथि कुदृष्टि लगाएका हुन्छन्, तिनी पनि त कसैको आमा, दिदीबहिनी, छोरी तथा बुहारी हुन् ।हालसालैको घटना हो, बैतडी जिल्लामा फेरि पनि एक किशोरीलाई बलात्कारपछि हत्या गरी झाडीमा फालिएको अवस्थामा भेटिएको छ र उक्त हत्यारा तथा बलात्कारीको खोज, अनुसन्धान गरी कडाभन्दा कडा सजाय दिनुपर्छ भनी उक्त जिल्लामा विद्यार्थीमार्फत विरोध प्रदर्शन भइराखेको छ । यसरी नै देशभर चौतर्फी रूपमा विरोध गर्ने हो भने सरकारलाई पनि दबाब बढ्ने थियो कि ?दिनदहाडै यस्ता दुष्कर्महरू हुने भएका कारण साँझबिहान आफ्ना छोरीहरूलाई घरबाट निस्कन डरमर्दो भइसकेको छ । बिहान घरबाट निस्केपछि बेलुका घर नआएसम्म घरपरिवारमा तनावको माहोल हुने गर्छ र मनमा यो डर हुन्छ कि कतै केही घटना भएको त छैन ? तर यस्तो तनाव कहिलेसम्म लिने ? सबैले यो सोच्नुपर्छ कि आज अरूका छोरी–बुहारी पीडित भएका छन्, भोलिका दिनमा त्यस्तो समस्या हाम्रो घरमा पनि पर्न सक्छ, किनकि चेलीबेटी सबैको घरमा हुन्छन् । त्यसैले प्रत्येक घरघरबाट महिला हिंसाको विरुद्ध आवाज उठाआउन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]