१२ कार्तिक २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, कार्तिक ०३, २०७७

महदेवा गाउँबाट महुली तर्फ ब्राउन सुगर लिएर जादै गर्दा बिशेष सूचनाको आधारमा दुई जना पक्राउ परेका छन ।

जिल्ला सप्तरी अग्निसाईर कृष्णासवरण गा.पा. वडा नं. ५ बकधुवा स्थित भित्री सडक खण्डमा महदेवा गाउँबाट महुली तर्फ स ७ प १८६५ नं. को मो.सा. मा लागू औषध (ब्राउन सुगर ) लिएर आउदै छ भन्ने सूचनाको आधारमा ई.प्र.का कञ्चनपुर सप्तरीबाट खटिएको प्र.ना.उ. नरेश कुमार सिंहको कमाण्डमा उनीहरु पक्राउ परेका छन ।

तत्काल उक्त स्थानमा टोली खटी गई सवारी साधन तथा पैदल यात्रीहरुलाई चेकजाँच गर्ने क्रममा उक्त नं. को मो.सा. तथा मो.सा. चालक जिल्ला सप्‍तरी तिलाठी कोईलाडी गा.पा. वडा न .७ बस्ने बैजनाथ शर्माको छोरा बर्ष १९ को निरज शर्मा र सोही मो.सा. पछाडी सवार रहेको ऐ.ऐ. बस्ने बर्ष २७ को भरत शर्मालाई रोकी चेकजाँच गर्ने क्रममा पछाडी सवार रहेको भरत शर्माको साथबाट ब्राउन सुगर एक पोकामा पोलोथिन सहित १० ग्रामको दरले ५ पोकामा जम्मा ५० ग्राम ब्राउन सुगर, २ थान मोबाईल (One plus र Samsung कम्पनीको) र नगद रू. ६,९०० ।- (छ हजार नौ सय) बरामद गरी बरामद गरिएको ब्राउन सुगर, दुई थान मोबाईल, नगद रुपैंया र उक्त नं. को मो.सा. सहित मानिसहरु नियन्त्रणमा लिई ई.प्र.का कञ्चनपुर सप्तरीमा राखी थप अनुसन्धान कार्य भई रहेको ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]