१० मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण ०२, २०७७

रोयटर्स – जापानमा शनिबार मध्यराति गएको ७.३ म्याग्निच्युडको भूकम्पपश्चात् उत्तरपूर्वी क्षेत्रमा आइतबार रेलसेवा बन्द गरिएको छ भने भूकम्पका कारण १०० जनाभन्दा बढी घाइते भएको जनाइएको छ ।

यो सन् २०११ मा गएको विनाशकारी भूकम्पको परकम्प भएको भूगर्भविद्हरुले बताएका छन् । २०११ मा ९ म्याग्निच्युडको भूकम्पपछि आएको सुनामीले १६ हजारभन्दा धेरैको मृत्यु भइ ठूलो क्षति पुर्‍याएको थियो ।शनिबारको परकम्पले पर्खाल, झ्यालमा क्षति पुर्‍याएको छ भने केन्द्रविन्दुको सबैभन्दा नजिकको क्षेत्र फुकुसिमामा पहिरो गएको हो । त्यस्तै, हजारौँ किलोमिटर टाढा राजधानी टोकियोमा पनि यसले भवनहरु हल्लाएको थियो । भूकम्पको केही समयपछि हजारौँ भवनहरुमा बत्ती गएको थियो, जुन आइतबार बिहानसम्म सबै ठाउँमा मर्मत गरिसकिएको बताइएको छ । त्यस्तै, पर्खालहरु मर्मत गर्ने र सरसफाइको काम पनि जारी छ ।कतिपय मानिसहरुको हातखुट्टा भाँचिएको छ । तर, कसैको मृत्यु भएको छैन । त्यस्तै, सुनामीबारे पनि कुनै खबर छैन । तर, यो भूकम्पले सबै नागरिकहरुलाई विगतको याद दिलाएको छ । ट्रयाकमा विभिन्न क्षति पुगेपछि उत्तरतर्फको बुलेट ट्रेनसेवा आइतबार बन्द गरिएको हो ।

जापान भूकम्पीय जोखिमको क्षेत्र भएकाले पनि त्यहाँ भूकम्पलाई सामान्य मानिन्छ । विश्वभर जाने ६ म्याग्निच्युडमाथिका २० प्रतिशत भूकम्प जापानमै जाने गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]