०५ आश्विन २०८१, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण ०३, २०७७

धनकुटा — धनकुटा नगरपालिका क्षेत्रमा ड्रागन फलको खेती विस्तार सुरु भएको छ । सिँचाइ सुविधा अभाव र प्राकृतिक पानीका मुहान सुक्दै गएपछि अन्नबाली उत्पादनमा समस्या भोग्दै आएका किसानले ड्रागनलाई वैकल्पिक खेतीका रूपमा लिएको जनाएका छन् ।

धनकुटा नगरपालिका–८ सान्ताङमा किसानले लगाएको ड्रागन फल । दुई वर्षअघि धनकुटा नगरपालिका–८ अन्तर्गत सान्ताङ, टेकुनाला, चुलिबन, याक्तेलगायत क्षेत्रमा समूह गठन गरेर ड्रागनको खेती थालिएको थियो । यस क्षेत्रलाई ड्रागन फलको स्रोत केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसाथ कार्यक्रम अघि बढाइएको नगरपालिकाका कृषिविज्ञ जीवन राईले बताए । पछिल्लो समय नगर क्षेत्रका दुई सयभन्दा बढी परिवार यो खेतीमा संलग्न रहेको नगरपालिकाको भनाइ छ ।क्याक्टस प्रजातिको वनस्पति ड्रागनको पकेट क्षेत्रका रूपमा विकास गर्न धनकुटा नगरपालिकाले स्रोत केन्द्र निर्माण गर्न लागेको उनले बताए ।

अल्पसंख्यक आठपहरिया समुदायको बाहुल्य रहेको धनकुटा–८ क्षेत्रमा खानेपानीको समस्या छ । सुक्खाग्रस्त क्षेत्र भए पनि किसान बर्खाको समयमा मकैजस्ता निर्वाहमुखी बालीको मात्रै खेती गर्छन् ।खेतीको सम्भावना पहिल्याउँदै जाँदा यो क्षेत्रमा ड्रागन फल उपयुक्त देखिएकाले पकेट क्षेत्र विकास गर्न कार्यक्रम सुरु गरिएको धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले बताए । ‘ड्रागन फल खेतीका लागि यहाँको भूगोल उपयुक्त देखियो,’ उनले भने, ‘यसले यहाँका स्थानीयको जीवनस्तर उकास्ने नगरपालिकाको विश्वास छ ।’ नगरपालिका क्षेत्रका टेकुनाला, चुलिवन, सान्ताङ, याक्तेलगायत क्षेत्रमा ६ वटा समूह निर्माण गरिएको छ ।

नगरभित्रका विभिन्न वडाका सुक्खाग्रस्त क्षेत्रका स्थानीयको जीवनस्तरमा वृद्धि गर्ने उद्देश्यले माटो परीक्षण गरेर हावापानी सुहाउँदो ड्रागन लगाउन थालिएको राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]