०१ माघ २०८१, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण ०३, २०७७

सरकारले ‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका’ ल्याउन खोजेपछि कांग्रेसले विरोध जनाउँदै अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको आरोप लगाएको हो। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार अपिल जारी गर्दै भनेका छन्, ‘‘सरकारले व्यापक विरोधका बाबजुद ‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका’का नाममा संसद्मा विचाराधीन विवादस्पद सूचना प्रविधि विधेयकलाई नयाँ स्वरुपमा ब्युताउन लागेकोमा नेपाली कांग्रेस गम्भीर आपत्ति प्रकट गर्दछ।’’

कांग्रेसले निर्देशिका ल्याउन आवश्यक नभएको जनाएको छ। सामाजिक सञ्जाललाई नियमन गर्ने, मर्यादित र स्वच्छ बनाउने विषयमा विमति नभएको र यसका लागि विद्यमान कानूनभित्रै आवश्यक प्रावधान रहेको कांग्रेसले स्मरण गराएकाे छ।थप व्यवस्था आवश्यक परेमा व्यापक परामर्श गर्नुपर्ने कांग्रेसको भनाइ छ। तर, संसद् नरहेको अवस्थामा निर्देशिका जारी गर्न लाग्नुले सरकारको नियतमाथि शंका उब्जाएको प्रवक्ता शर्माले बताएका छन्। उनले भनेका छन, ‘‘काम चलाउ सरकारले नागरिक अधिकारलाई प्रभावित गर्नेगरि कुनै पनि कार्यकारी आदेशबाट निर्देशिकाहरु जारी गर्नु हुँदैन, मिल्दैन र पाइँदैन।’’सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका ल्याउन खोज्ने सरकारको तयारीलाई कांग्रेसले अधिनायकवादतर्फको अर्को कदम भनेको छ। ‘‘सामाजिक सञ्जालमा व्यक्त मतलाई सरकारी आवेगले कारबाहीको दायरमा बाध्ने तयारी अधिनायकवादतर्फको एक अर्को फड्को तयारी हो,’’ विज्ञप्तिमा भनिएको छ।

कांग्रेसले यसका विरुद्धमा उभिन पनि अभिव्यक्ति स्वतन्त्रताका पक्षधरलाई आह्वान गरेको छ। त्यस्तै, युवा पुस्तालाई सजग हुन अपिल गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]