१२ कार्तिक २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, कार्तिक ०३, २०७७

सप्तरी – कोभिड-१९ को कारण देखाउँदै लोक सेवा अयोगले विभिन्न सेवा तथा समूहका पूर्व निर्धातिर सबै परीक्षा र आवेदन संकलन स्थगित गरेका छन ।

परीक्षार्थीमा देखिएको भय एवं आफ्नै कर्मचारीसमेत संक्रमित हुँदा परीक्षा व्यवस्थापनमा जनशक्ति खटाउन अप्ठ्यारो भएको भन्दै १६ कात्तिकदेखि सुरु हुने भनिएका सम्पूर्ण लिखित परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको अयोगले जनाएका छन ।

त्यस्तै आयोगले नेपाल प्रशासन सेवाका सहसचिव पदका लागि २९ असोजमा सुरु गरेको विज्ञापनहरूमा दरखास्त लिने प्रक्रियासमेत स्थगित गरेको छ।

आयोगले सोमबार विज्ञप्ति जारी गर्दै निजामति सेवा, सुरक्षा निकाय र संगठित संस्थातर्फका सबै परीक्षा हाललाई स्थगित गरिएको बताएको हो। त्यस्तै आयोगले ‘संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७७ को बुँदा ८ (१)’ निलम्बन गरिएको बताएको छ।

सर्वोच्च अदालतले २९ असोजमा उक्त बुँदा कार्यान्वनय नर्गन/नगराउन आदेश दिएको थियो। उक्त बुँदामा परीक्षाथीर्ले आफू कोभिड-१९ को संक्रमणबाट संक्रमित भए/नभएको स्वयंले घोषणा गर्नुपर्ने र संक्रमित परीक्षार्थीले परीक्षा दिन नपाउने उल्लेख थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]