१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण ०३, २०७७

नयाँदिल्ली – भारतमा कोभिड–१९ बाट संक्रमित हुने व्यक्तिको संख्या सोमबारसम्म एक करोड १० लाख पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

साथै कोभिड–१९ संक्रमित मध्ये एक लाख ५५ हजार ७३२ जनाको मृत्यु भएको छ ।भारतमा हाल सक्रिय संक्रमितको संख्या एक लाख ३९ हजार रहेको छ भने एक करोड ६ लाख व्यक्ति संक्रमणमुक्त भइसकेका छन् ।

विगत तीन दिनदेखि भारतमा सक्रिय संक्रमितको संख्या पुनः बढ्न थालेको मन्त्रालयले जनाएको छ ।भारतमा कोभिड–१९ विरुद्ध गत जनवरी १६ देखि राष्ट्रव्यापी खोप अभियान शुरु गरेको थियो ।देशभर करिब ८३ लाख व्यक्तिले खोप लिइसकेका छन् जसमा मुख्यगरी स्वास्थ्यकर्मीहरु रहेका छन् ।

यसैबीच, आइतबारसम्म भारतमा करिब २१ करोड नमुना परीक्षण गरिएको छ ।पछिल्लो पटक आइतबार एक दिन चार लाख ८६ हजार नमुना परीक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ ।भारतमा हाल सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड र भारत बायोटेक इन्टरनेसनलले उत्पादन गरेको कोभाक्सिन खोप प्रयोगमा ल्याइएको छ ।

विश्वभर कोभिड–१९ बाट करिब १० करोड १९ लाख व्यक्ति संक्रमित भएका छन् ।विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमितमध्ये करिब २४ लाख ११ हजार व्यक्तिको ज्यान गएको छ ।संयुक्तराज्य अमेरिकामा चार लाख ९७ हजार, ब्राजिलमा दुई लाख ३९ हजार, मेक्सिकोमा एक लाख ७४ हजार, बेलायतमा एक लाख १७ हजार, इटालीमा ९३ हजार र फ्रान्समा ८१ हजारको मृत्यु भइसकेको छ ।

कोरोनाभाइरसको उत्पत्ति भएको भनिएको चीनमा भने चार हजार ६३६ जनाको मृत्यु भएको थियो ।कोभिड–१९ विश्वका २२१ वटा मुलुक एवं क्षेत्रमा फैलिएको पाइएको छ ।विश्वभर अझै पनि करिब ९८ हजार व्यक्ति गम्भीर अवस्थामा रहेर उपचार गराइरहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]