सप्तरी – ईरानको राजधानी तेहरान । तारीख र समयः २७ नाभेम्बर २०२०, साँझ करीव ६ बजे । हाई सिक्योरेटी जोनबाट ५ ब्ल्याक गाडी जान्छन् । अचानक एक गाडीमा हवाई फायर हुन्छ ।
केहि समयमै एक कारमा बसेका एक वृद्ध अर्को तर्फ लड्छन् । गाडि रोकिन्छन् । त्यहि बेला केहि दूरी टाढा रहेको एक पिकअप भ्यानमा धमाका हुन्छ । धुवाँ र धुलोले चारै दिशा छोप्छ, त्यहि बेला थाहा हुन्छ कि, ईरानका सबैभन्दा ठूला न्यूक्लियर साइन्टिस्ट मोहसिन फखरीजादेश मारिएका छन् । तमाम प्रश्न उठ्छन् । मोहसीनलाई कसले र किन मार्यो ?, यो भन्दा पनि ठूलो कुरा उनको मृत्युलाई किन अन्जाम दिइयो । ईरानी एजेन्सीले यसको शंका इजरायल र अमेरिकामाथि गरिरह्यो । तर प्रमाणको नाममा आज पनि उनीहरुको हात खाली छ । अब इजरायलको एक पत्रिकाले जेविस।। ले मोसादको यस अपरेशनको बारेमा खुलासा गरेको छ ।
पत्रिकाले अहिलेसम्म ईरानलाई थाहा नभएको कुराको खुलासा गरेको छ । इजरायल, अमेरिका र अरब देश ईरानलाई एटमी शक्ति बनेको देख्न चाहन्नन् । इजरायको टार्गेटमा ईरानी न्यूक्लियर साइन्टिस्ट पहिल्यैदेखि छन् । केहि यसमै मारिए ।
यसमा ईरानकै केहि एजेन्ट्स पनि सामेल रहेको र कुल २० एजेन्ट्सले यो मिशन पूरा गरेको खुलासा गरेको छ । इजरायली एजेन्सी मोसादले यसको बारेमा खुलासा गरेको हो । मोसादसँग मोहसिनका हरेक मुभमेण्टको जानकारी थियो ।
यसका लागि ८ महिना तयारी गरियो । हरेक किसिमका इन्टेलिजेन्स इक्विपमेण्टको प्रयोग भयो । मोहसिनले ६ वर्ष पहिला२०१४ मा एटमी पोग्रामको कमाण्ड सम्हाले । तर इजरायले उनलाई उनी उक्त काममा सफल हुन लागेको बेला टार्गेट बनायो ।
५९ वर्षका मोहसिनलाई ईरानी बमका पितामह भनिन्थ्यो । उनलाई १३ गोली लाग्यो । सँगै श्रीमती बसेकी थिइन् । ईरानका एक अफिसरले भने अनुसार ६२ जना बन्दुकधारीले उनको हत्या गरेका थिए ।