१२ कार्तिक २०८१, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, कार्तिक ०४, २०७७

सप्तरी – यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत सोमबार राति सम्पन्‍न खेलमा राजस्थान रोयल्सले जीत हात पारेको छ । प्रतियोगितामा चौथो जीतको खोजीमा रहेकाे राजस्थानले चेन्‍नई सुपर किङ्सलाई ८ विकेटले पराजित गर्‍यो ।

चेन्‍नईले दिएको १२६ रनको सामान्य लक्ष्य राजस्थानले १५ बल बाँकी रहँदै ३ विकेटको क्षतिमा भेट्टाएको थियो । राजस्थानका जस बट्लर ७० र कप्तान स्टिभ स्मिथ २६ रनमा अविजित रहे । चेन्‍नईका दीपक चहरले २ तथा जोस हेजलवूडले १ विकेट लिए ।

यसअघि अबुधाबीमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्‍नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १२५ रनको सामान्य योगफल बनाएको थियो । चेन्‍नईका रविन्द्र जडेजाले अविजित ३५ रन बनाए भने कप्तान महेन्द्रसिंह धोनीले २८ तथा साम करानले २२ रन बनाए । राजस्थानका जोफ्रा आर्चर, कार्तिक त्यागी, श्रेयस गोपाल र राहुल तेवातियाले १-१ विकेट लिए ।

जीतसँगै १० खेलबाट ८ अंक जोडेको राजस्थान अंकतालिकाको पाँचौं स्थानमा उक्लिएको छ भने पराजित चेन्‍नई १० खेलबाट ६ अंकसहित पुछारमा रहेको छ ।

योसँगै चेन्‍नई आइपिएलमा पहिलो पटक लिग चरणबाट बाहिरिने सम्भावना बढेको छ । चेन्‍नई अब प्लेअफमा पुग्न बाँकी चार खेल फराकिलो अन्तरले विजयी भएर अन्य नतिजा पनि आफू अनुकुल आउनु पर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]