काठमाडौं – आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल–नेपाल समूह बहुमत केन्द्रीय सदस्यसहित निर्वाचन आयोग जाने भएको छ ।
निर्वाचन आयोगले आधिकारीकताको निर्णय गर्न आलटाल गरेपछि दाहाल–नेपाल समूह आफू पक्षका केन्द्रीय सदस्यहरुको बहुमत रहेको भन्दै आज आयोग जान लागेको हो ।त्यसका लागि सबै केन्द्रीय सदस्यलाई नागरिकतासहित पार्टी कार्यायल पेरिसडाँडा बोलाइएको छ। दुवै समूहले पार्टीको आधिकारिकता दाबी गरे पनि आयोगले हालसम्म कुनै निर्णय गरेको छैन ।आयोगले दुवै समूहले गर्दै आएका निर्णय र कार्यक्रमलाई मान्यता नदिने बताइसकेको छ । गत पुस ५ गते प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेसँगै आन्दोलित बनेको दाहालनेपाल समूहले चौथो चरणको आन्दोलन गरिरहेको छ ।
यसैबीच निर्वाचन आयोगमा जानु अघि दाहाल–नेपाल समूहको स्थायी कमिटीको बैठक बस्ने भएको छ ।