उत्तर प्रदेशको अमरोहा जिल्लको बावनखेडी गाउँमा १५ अप्रिल २००८ मा भएको सात हत्याकी दोषी शबनम नामकी महिलालाई फाँसी दिइनेछ ।
सर्वोच्च अदालतपछि राष्ट्रपति भवनबाट पनि उनको दया याचिका खारेज भइसकेको छ । शबनमलाई फाँसी दिनका लागि मेरठका पवन जल्लाद तयार छन् । पवनका अनुसार उनी फाँसी दिन एकदम तयार भएको र आफू मिति र बोलावटको प्रतिक्षामा छन् ।वास्तवमा शबनमले आफ्ना प्रेमीसँग मिलेर आफ्नै परिवारका सातजना सदस्यको हत्या गरेकी थिइन् । अंग्रेजी र भूगोल विषयमा एमए अध्ययन गरेकी शबनमले आफ्ना आमाबुवा, भाइ बहिनीसमेत सातजनाको निकै क्रुरतापूर्वक हत्या गरेकी थिइन् । शबनमका आमाबुवा प्रेमीसँग उनको विवाह गरिदिन तयार थिएनन् । यत्ति कारण थियो कि शबनम र उनका प्रेमीले यस्तो भयानक घटना निम्त्याउने निर्णय गरे ।
यो हत्याकाण्डमा दोषी शबनमलाई मृत्युदण्ड दिने बाटो खुल्ला भइसकेको छ । राष्ट्रपतिले पनि याचिका खारेज गरिसकेका छन् र उनको फाँसीको आदेश जुनसुकै बेला पनि जारी हुनसक्छ । पवनले मथुरा जेलमा फाँसी घरको निरिक्षण गरिसकेका छन् । पवनले नै निर्भया काण्डका दोषीलाई फाँसी दिएर रेकर्ड बनाएका थिए ।पवन जल्लादले एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा भनेका छन्, ‘म पूर्ण रुपमा तयार छु । यदि मलाई बोलाइन्छ भने म बिल्कुल तयार छु । म एक वर्ष अघि मथुरास्थित फाँसी घर हेर्न गएको थिएँ । त्यसमा थोरै खराबी थियो, त्यो बनाउन पनि भनेको थिएँ ।
मलाई थाहा भए अनुसार भारतमा पहिलो पटक कुनै महिलालाई फाँसी दिइँदैछ ।’