०६ आश्विन २०८१, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण ०७, २०७७

सुर्खेत – सुर्खेतको वीरेन्द्रनमा रहेको शिव शिखर एग्रो कम्पनीले राजश्व छलेर सूर्तिजन्य पदार्थ कर्णालीका दुर्गम गाउँमा बिक्रीवितरण गर्ने गरेको पाइएको छ । शिव शिखर एग्रो कम्पनीले उत्पादन गरेको वयलकम सूर्ति राजश्व छलेर बजारमा आएको पाइएको हो ।

वयलकम सूर्तिको प्याकेटमा आन्तरिक राजश्व कार्यालयको ट्यागसमेत छैन । सोही कम्पनीले उत्पादन गरेको अर्को सूर्ति लिप्सले पनि करिब पाँच महिना अघिसम्म राजश्व छलेको जनाइएको छ । पाँच महिनायता भने लिप्समा आन्तरिक राजश्व कार्यालयको ट्याग लगाएको छ ।दुर्गम पहाडी जिल्लाका उपभोक्तालाई लक्षित गरी उक्त सूर्ति उत्पादन भइरहेको स्रोतले बताएको छ । ‘दुर्गमका मान्छेले केही नहेरेर प्रयोग गर्छन्,’ स्रोतले भन्यो, ‘दुर्गममा पठाएर उक्त कम्पनीले राजश्व छली गर्दै आएको छ ।’

करिब आठ वर्षदेखि यस कम्पनीले सूर्तिजन्य पदार्थ गर्दै आएको छ । राजश्व छलेर बजारमा आएपछि उक्त, कम्पनीको सूर्तिसमेत बाँकेको कोहलपुर प्रहरीले बरामद गरेको थियो । अहिले सोही विषयमा तारेख पनि खेपी रहेको कम्पनी स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]