सप्तरी – रुपनी गाउँपालिकाका अध्यक्ष र अधिकृतले राजनीतिक प्रतिसोधको कारण कर्मचारीहरुको काज सरुवा गरेको भन्दै वडा नम्बर ३ का अध्यक्ष अमर मुखियाले पेन डाउन गरेका छन ।
केहि समय अगाबै आ आफ्ना ठाउंमा पायक पर्ने गरि मात्र समायोजनमा आएको तर यता भन्ने राजनीतिक प्रतिसोधको कारण कर्मचारीहरुको काज सरुवा गरेको भन्दै नेपाली कांग्रेसका गा.पा. सचिब तथा रुपनी गाउँपालिका कार्यपालिका सदस्य ज्ञानेन्द्र प्रसाद ईसरले समेत खेद प्रगट गर्दै ध्यानाकर्सन गराएका छन ।साथै उक्त सरुवा बदर गर्न जोडदार माग गरेका छन ।
रुपनी गाउँपालिका वडा नम्बर ३ का सचिब लाई वडा नम्बर ४ मा र वडा नम्बर ४ का लाई वडा नम्बर ३ मा त्यस्तै वडा नम्बर १ का कार्यालय सहयोगी लाई ३ नम्बर वडा ,३ नम्बर वडाका कार्यालय सहयोगी लाई १ नम्बर वडा ,तथा वडा नम्बर २ का स्वास्थ्य सहयोगी लाई गाउँपालिकामा त्यस्तै वडा नम्बर १ का अ न मि लाई वडा नम्बर ५ मा ,उक्त पत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै नेपाली कांग्रेस रुपनी गाउँपालिका का सभापति सुगम्बर यादवले प्रेस बिज्ञप्ति जारी गर्दै , देशमा भईरहेको बिसम परिस्थितिमा जनताका साथ् र कर्मचारी मैत्री सहयोग को भावना राखेको छ ,तर अहिल्य संघिय निर्वाचन हुने वा न हुने तरल अवस्थाको फाइदा उठाउदै गाउँपालिकाले कार्यपालिकाको निर्णय र सल्लाह बिनानै हचुवाको भरमा गरेको कर्मचारीहरुको सरुवा प्रति आपति ब्यक्त गरेका छन । र यो सरुवा कुन प्रक्रिया र मापदण्डका आधारमा भएको भन्नेर प्रश्न गरेका छन ।