११ मंसिर २०८१, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०८, २०७७

सप्तरी – जिल्ला निर्वाचन कार्यालय मकवानपुरले आगामी वैशाखमा हुने निर्वाचनलाई लक्षित गरेर तयारी पूरा गरेको छ । जिल्लामा १६५ मतदानस्थलका ३३८ मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको जनाइएको छ ।

सो निर्वाचनमा मकवानपुरका दुई लाख ७२ हजार ४७८ मतदाता मतदान प्रक्रियामा सहभागी हुन पाउने जिल्ला निर्वाचन कार्यालय मकवानपुरका प्रमुख गोविन्दप्रसाद पौडेलले जानकारी दिए ।

निर्वाचनका लागि आवश्यक सुरक्षा रणनीतिसमेत तयार पारिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । उनले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराइने बताए । चुनावको समयमा हुने गाडीका लावा लस्कर र भोज भत्तेरलाई नियमन र नियन्त्रण गरिने उनले बताए।

यसैबीच, निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०७७ को मस्यौदामा भएका व्यवस्थाका सम्बन्धमा सरोकारवालासँग अन्तक्र्रिया गरेको छ ।

कार्यक्रममा जिल्लाका राजनीतिक दलका प्रतिनिधि, मकवानपुरका सुरक्षा निकायका प्रमुख, पत्रकारलगायतकाको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]