०६ आश्विन २०८१, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०८, २०७७

भारतमा निरन्तर डिजेल-पेट्रोलको भाउ बढिरहेको छ। त्यसका विरुद्ध त्यहाँ आन्दोलनसमेत भयो। नेपालमा जब डिजेल-पेट्रोलको मूल्य कम र भारतमा बढी हुन थाल्यो, तब त्यसको तस्करी हुन थाल्यो।

अहिले भारतमा भन्दा नेपालमा पेट्रोल २२ भारु सस्तो छ। एक रिपोर्टअनुसार बिहारका केही जिल्लामा नेपालबाट पेट्रोल तस्करी हुँदै आएको छ। स्थानीय प्रहरी र एसएसबीले तिनलाई पक्राउसमेत गरेको छ।बिहारको अररिया र किशनगन्ज जिल्लामा बढी मात्रामा तस्करीको बाटोबाट इन्धन पुग्न थालेको छ। अररियामा पेट्रोल प्रतिलिटर ९३.५० भारु पर्छ भने नेपालमा ७०.६२ रहेको छ। नेपालमा भारतबाटै इन्धन आयात गरिन्छ। यस्तो अवस्थामा भारतमा महँगो र नेपालमा सस्तो किन त भन्ने प्रश्न भारतमा उठ्ने गरेको छ।नेपाल र भारतबीच इन्धन खरिदको पुरानो सन्धि छ। सोहीअनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपालमा पठाउन खाडी मुलुकबाट इन्धन आयात गर्छ। नेपालमा आईओसीले खरिद मूल्यमै इन्धन बेच्छ, केवल रिफाइनरी शुल्क लिन्छ। यही कारण नेपालमा इन्धनको मूल्य कम छ भने भारतमा बढी, यसले तस्करीलाई बढावा दिएको छ।

नेपालसँग सीमा जोडिएका भारतका पेट्रोलपम्प मालिकहरु इन्धन तस्करीका कारण चिन्तित छन्। उनीहरुको व्यापार घट्न थालेको छ। नेपाल र भारतको सीमा खुल्ला भएका कारण पनि इन्धन तस्करी सहज हुन पुगेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]