१० मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण ०९, २०७७

काठमाडौं – अस्ट्रेलियामा कोरोना भाइरस (कोभिड–१८) विरुद्धको खोप कार्यक्रम सुरु भएको छ । अस्ट्रेलियाले यसअघि तय गरेको भन्दा एक दिनअघि नै कोरोना खोप कार्यक्रम सुरु गरेको हो ।

प्रधानमन्त्री स्कट मौरिसन र ८४ वर्षीय विश्वयुद्धमा बचेका जेन मालीसियकले कोरोना खोप लगाएसँगै अस्ट्रेलियामा कोरोना खोप कार्यक्रम सुरु भएको हो । उनीहरुले सिड्नीस्थित एक मेडिकल सेन्टरबाट फाइजर र बायोएनटेकले विकास गरेको कोरोना खोप लगाएका हुन् ।‘हामी अहिले निकै महत्वपूर्ण काम गर्दैछौं’, प्रधानमन्त्री मौरिसनले भने, ‘यो सुरक्षित छ, यो महत्वपूर्ण पनि छ र हामीले यसलाई फ्रन्टलाइनमा सबैभन्दा जोखिममा रहेका मानिसबाट सुरु गर्नुपर्छ ।’आइतबार सिड्नीमा केही वृद्ध मानिसका साथै फ्रन्टलाइन नर्स र कर्मचारीलाई पनि कोरोना खोप दिइएको थियो । आइतबार अस्ट्रेलियामा लगातार दोस्रो दिन कोरोनाका कुनै पनि संक्रमित फेला परेनन् ।

अस्ट्रेलियामा मार्च महिनासम्म जोखिमको आधारमा ४० लाख मानिसले कोरोना खोप पाउने अपेक्षा छ । आगामी अक्टोबरको अन्तिमसम्ममा मुलुकका सबै नागरिकलाई कोरोना खोप दिने अस्ट्रेलियाको लक्ष्य छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]