जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाले न्यायालयप्रति आमनागरिक भरोसा थप बढेर गएको बताएका छन्।
सर्वोच्चको यस स्वागतयोग्य संवैधानिक सर्वोच्चता कायम भएको बताउँदै उनले गैरकानुनी काम गर्ने मनोवृत्तिलाई पाठ दिएको बताए।उनीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ- सर्वोच्चको आजको फैसलाले न्यायालयप्रति आमनागरिक भरोसा थप बढेर गएको छ भने गैरकानुनी काम गर्ने मनोवृत्तिलाई पाठ दिएको छ। सर्वोच्चको यस स्वागतयोग्य संवैधानिक सर्वोच्चता कायम भएको छ।सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन बदर गरिदिएको छ। २ महिना लामो बहसपछि सर्वोच्चको संवैधानिक इजलासले सर्वसम्मत रूपमा संसद विघटन गर्ने निर्णय बदर गरेको हो।
मंगलबार साँझ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सुनाएको आदेशमा १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि भनिएको छ।