१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, कार्तिक ०८, २०७७

सप्तरी – स्मार्टफोनमा गीत बजाउने गुगलको एप गुगल प्ले म्युजिक आधिकारिक रुपमा बन्द गरेको छ । गुगलले केही समयअघि नै यो एप बन्द हुने जानकारी गराउदै आइरहेको थियो । यसै सातादेखि एप आधिकारिक रुपमा बन्द भएको हो ।

गुगलले प्ले म्युजिकको सट्टामा युट्युव म्युजिक प्रयोग गर्न प्रयोगकर्तालाई आग्रह गरेको छ । प्रयोगकर्ताले अहिले पनि आफ्नो गुगल प्ले म्युजिकमा भएको संगीतको लाइब्रेरीलाई युट्युव म्युजिक एपमा सार्न सक्ने छन् ।

गुगल म्युजिक स्मार्टफोनमा भएका गीत बजाउन सकिने र युट्युवमा भएका भिडियोलाई अनलाइनमार्फत अडियो सुन्न सकिने एप हो ।

यसरी सार्नुहोस् गुगल प्ले म्युजिकमा भएको गीत
कम्पनीले गुगल प्ले म्युजिकमा भएको एपलाई युट्युव म्युजिकमा सार्न सकिने व्यवस्था मिलाएको छ । प्रयोगकर्ताले युट्युव म्युजिकमा सार्ने मात्रै नभई गुगल प्ले म्युजिकमा भएको गीतलाई एकै पटक डाउनलोड पनि गर्न सक्नेछन् ।

त्यसको लागि प्रयोगकर्ताले म्युजिक डट गुगल डट कममा गएर आफ्नो गुगल एकाउन्ट लग इन गर्नुपर्ने हुन्छ ।

लग इन गरेलगत्तै होमपेजमा गुगल प्ले म्युजिक बन्द भएको जानकारीसहित त्यहाँ रहेका गीतलाई युट्युव म्युजिकमा ट्रान्सफर गर्ने अप्सन देख्न सकिन्छ ।

युट्युव म्युजिक नेपालमा उपलब्ध नभए पनि प्रयोगकर्ताले तत्काल डिभाइसमा रहेका गीतलाई युट्युव म्युजिकमार्फत बजाउन सक्नेछन् ।

गूगल प्ले म्युजिकको रिप्लेसमेन्टको रुपमा युट्युव म्युजिक
गुगलले अब केवल युट्युव म्युजिक सर्भिस चलाउनेछ । कम्पनीका अनुसार युट्युव म्युजिकको युजर इन्टरफेस प्रयोग गर्न निकै सहज छ ।

यदि तपाईं पहिलोपटक युट्युव म्युजिकको एप ओपन गर्नुहुन्छ भने तपाईंको स्क्रीनमा गुगल प्ले म्युजिकका कयौं समानताहरु देख्नुहुनेछ । कम्पनीले युट्युव म्युजिकमा ट्रान्सफर टूल समेत थप गरेको छ । जुन दुरुस्तै गुगल प्ले म्युजिककै समान छ ।

यदि तपाईं एण्ड्रोइड टेनमा आधारित नयाँ स्मार्टफोन खरिद गर्नुहुन्छ भने तपाईंले गुगल प्ले म्युजिकको ठाउँमा युट्युव म्युजिक एप प्री-इन्स्टल भएको पाउनुहुनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]