काठमाडौँ – कञ्चनपुरको भीमदत्तनगरपालिका-१८ भगतपुरमा डेरा गरी बस्ने एक विद्यार्थीको आज छतबाट लडेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ का १८ वर्षीय सन्तोष चौधरी रहेका छन् । फार्मेसीमा अध्ययनरत चौधरी डेरा गरी बस्ने दुइतले घरको छतबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । ‘मादक पदार्थ सेवन गरेर छतबाट लडेर बिहान मृत्यु भएको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने ।
घरबेटीले लडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणका लागि महाकाली अस्पताल लगिएको प्रहरीले जनाएको छ ।