१२ कार्तिक २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, कार्तिक ०८, २०७७

सप्तरी – वडा दशैँको अष्टमीका दिन आज मिथिलाका नारीहरूले सौभाग्यवती एवं सन्तानको कामना गर्दै देवी दुर्गा भवानीको खोइँछ ( पोल्टा ) भर्ने विधि सम्पन्न गरेका छन् ।

नवरात्र सुरू भएदेखि नै देवी दुर्गाको उपासना गर्दै आएका विवाहित मैथिल महिलाले शक्तिपीठमा दुबो, धान, दुबो , बेसारको गिँड , सिन्दूर, सुपारी, पान र भेटीसहितको पोका देवी दुर्गाको पोल्टामा चढाउँदै पराम्परागत खोइँछ भर्ने विधि सम्पन्न गरेका छन् ।

त्यस्तै सो विधिका सन्दर्भमा भगवती दुर्गा असोज शुक्ल प्रतिपदाका दिन माइतमा आउने, नौ दिनसम्म माइतमा बस्ने र दशमीका दिन ससुराली जाने गर्दछिन् भनी खोइँछ भर्ने मान्यता रहेको पनि पाइन्छ ।

मिथिलाञ्चलको पुरानो परम्परा रहेको यो विधि पूरा गर्न रातिदेखि नै शक्तिपीठ, देवीमन्दिर र देवीको प्रतिमा स्थलमा विवाहित मैथिल महिलाको घुइँचो लागेको थियो । प्राध्यापक डा. पशुपतिनाथ झा खोइँछ भर्ने परम्परा कोखसँग सम्बन्धित भएकाले भगवती दुर्गाको सान्निध्यले आनन्द, सुख, आरोग्य र जन्म धन्य हुने विश्वासले मैथिल महिलाहरू खोइँछ भर्ने गरेको बताउँछन्।

भगवतीको उपासना मातृपूजा भएकाले यसबाट शारीरिक, मानसिक र आमाको शाक्ति जागृतिसँग सम्बन्धित रहेको पनि उनी स्पष्ट गर्छन् ।

खोंइछलाई जनभाषामा खोंइछा पनि भनिन्छ । खोंइछ दिनुलाई समृद्धि, परिपूर्णता र भावनात्मक शुभाशीषको प्रतीक मानिन्छ । यसको सम्बन्ध आँचलसँग हुन्छ । आँचल महिलाका लागि सबैभन्दा ठूलो निधि हो । आँचल यस्तो अमूल्य हो जसलाई बाँधिएमा खोंइछ र खोलेमा आँचल हुने गरेको छ ।

खोंइछमा प्रमुख रूपले प्रदान गरिने धानलाई अन्नपूर्णा देवीको प्रतीक मानिन्छ जसको अभिप्राय अन्नको अभाव कहिल्यै नहुने, दुबोलाई भगवान शिव र विष्णुको प्रतीक मानिन्छ जसको अर्थ ईश्वरको अनुकम्पा सधैं रहिरहने र बेसारलाई बिष्णुको र सिन्दूरलाई सौभाग्यको प्रतीक मानिएको छ ।

त्यसो त मिथिलाञ्चलमा महिलाले माइतबाट ससुराली, ससुरालीबाट माइती, एक स्थानबाट अर्को स्थान जाने बेलामा पनि खोइछ भर्ने प्रचलन रहेको पाइन्छ । यो विधि कुल देवता र देवीको मन्दिरमा गरिन्छ । कुल देवता र देवीको मन्दिरमा खोंइछ भर्नुको अर्थ कुल देवता र देवीलाई साक्षी राखी सौभाग्यको आराधना र संकल्प गर्नु हो ।

खोंइछ भर्ने प्रचलन अनादिकालदेखि आइरहेको मानिन्छ । माता सीता र सावित्रीले पनि खोंइछ भर्ने विधि गरेको जनधारणा पाइन्छ । प्राचीनकालमा छोरीलाई घरबाट विदाइ गर्ने बेलामा आमाले आँचलभर खोंइछ भरी बीदा गरेको र छोरीको घरमा अन्नपूर्णाको वास होस् भनी कामना गरेको प्रसङ्ग पनि जनमानसमा पाइन्छ ।
तस्वीर सौजन्य : रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]