१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण १४, २०७७

काठमाडौं – चिठ्ठा परेको भन्दै रकम जम्मा गर्न लगाएर ठगी गर्ने एक भारतीय नागरिकसहित दुई जनालाई हालै प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहारको पूर्वी चम्पारण जिल्ला घर भएका ४३ वर्षीय राकेश कुमार र पर्साको वीरगञ्ज महानगरपालिका–१० का ३२ वर्षीय रामपुकार प्रसाद यादव रहेका छन् ।उनीहरूले इमो र ह्वाट्स एपमार्फत चिठ्ठा परेको भन्दै बैंक खाता र ईसेवाबाट भण्डै २ लाख रुपैयाँ जम्मा गर्न लगाएका थिए ।पछिल्लाे समय विभिन्न विदेशी नम्बरबाट मोबाइल, म्यासेञ्जर, भाइबर, ह्वाट्सएप आदिमा कल गरी चिठ्ठा परेको भन्दै ठगी गर्ने क्रम बढेकाे प्रहरीले जनाएकाे छ ।प्रहरीले कुनै पनि विदेशी वा अपरिचित नम्बरबाट कल आएमा तथा म्यासेञ्जरमा कसैले उल्लेखित व्यहोरा सहित सम्पर्क गरेमा प्रलोभनमा नपर्न आग्रह गरेको छ ।

‘यस्तोमा कुनै रकम लेनदेन नगर्न तथा त्यस्तो फोन आएमा नजिकको प्रहरी कार्यालयमा तुरुन्त उजुरी दिन समेत अनुरोध गर्दछौं,’ महानगरीय अपराध महाशाखाकाे सूचनामा भनिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]