एजेन्सी – दक्षिणी इटालियन शहर नेपल्सका सयौं मानिसहरूले कोरोनाभाइरस संक्रमणको प्रमुख स्पाइकको बीच योजनाबद्ध क्षेत्रीय लकडाउन र कर्फ्यूको विरोध गरे। पुलिसले हालसम्म दुई व्यक्तिलाई पक्राउ गरी अभियोग लगाएको छ।
इटलीको तेस्रो ठूलो शहर नेपल्समा लकडाउनको अवज्ञा गर्दै ठूलो विरोध प्रदर्शन भएको छ । कोरोना संक्रमितको संख्या दैनिक रुपमा फेरि बढ्न थालेपछि गर्भनर भिन्सेन्जो डि लुकाले यहाँ ४० दिने लकडाउन घोषणा गरेका थिए । तर, आक्रोशित बनेकाहरुले स्वतन्त्रताको नारा लगाउँदै आन्दोलन थाले ।
शुक्रबार राति यहाँका सडकमा उनीहरुले विरोध प्रदर्शन गरे । त्यसक्रममा उनीहरुले प्रहरीमाथि पनि आक्रमण गरे । आन्दोलनकारीहरुले बोतल, पटाका र अन्य वस्तुहरु प्रहरीतर्फ फ्याँकेका थिए । प्रहरीले पनि अश्रुुग्याँस प्रहार गरेर आन्दोलनकारीलाई तितर–वितर पार्न खोजेको थियो ।
महामारी सुरु भएयता राष्ट्रव्यापी रुपमा कडा लकडाउन गर्ने इटली पहिलो देश थियो । यहाँ, कोरोना भाइरस महामारीका कारण स्वास्थप्रणाली नै संकटमा परेपछि ९ मार्चदेखि नै लकडाउन भएको थियो । पहिलो लहरका दौरान यहाँको उत्तरी लोम्बार्डी क्षेत्र सबैभन्दा धेरै प्रभावित भयो ।