सप्तरी – नेकपाका नेता जनार्दन शर्मा र उनकी पत्नी लक्ष्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार गरिएको परीक्षणमा शर्मा दम्पतीलाई कोरोना संक्रमण देखिएको हो । आज बिहान फेसबुकमा स्टाटस राख्दै प्रभाकरले आफूलाई संक्रमण भएको जानकारी दिएका हुन् ।
केही दिनयता आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन नेता नेताले अनुरोध गरेका छन् ।
उनी होम आइसोलेसनमा छन् । उनका भाइ एवम् नेकपाका युवा नेता अनिल शर्मालाई पनि कोरोना संक्रमण देखिएको छ । उनी पनि होम आइसोलेसनमा बस्दै आउनु भएको छ ।