१० मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण १६, २०७७

अमेरिका र चीनले जलवायु परिवर्तन जस्तो गम्भीर मुद्दामा मिलेर काम गर्ने संकेत दिएका छन् ।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले यसको पुष्टि गर्दै जलवायु परिवर्तनमा काम गर्नका लागि चीनका विशेषदूत श्ये चनह्वाले अमेरिकाका विशेषदूत जोन केरीसँग सल्लाह लिन थालेको बताए । दुवै देशले पेरिस सम्झौतालाई कठोरताका साथ लागू गर्नमा ध्यान दिने बताएका छन् ।

तर अहिले अमेरिका र चीनबीचको सम्बन्ध सबभन्दा खराब स्तरमा छ । व्यापारयुद्ध, कोरोनाभाइरसको उत्पत्ति, मानवअधिकार लगायतका अनेकौं विषयमा दुवैमा विवाद छ । अन्य विषयमा दुई देशबीच कुनै सम्झौतथा नहुने भए पनि जलवायु परिवर्तनमा चाहिँ दुवैको मतैक्य देखिएको छ । जोन केरीले जलवायु परिवर्तनको विषय निकै ठूलो भएको बताउँदै आएका छन् । संसारका सबभन्दा ठूला प्रदूषकहरू चीन र अमेरिका नै हुन् ।

विश्वको ३० प्रतिशत कार्बन उत्सर्जन चीनले अनि १५ प्रतिशत अमेरिकाले गर्ने गरेको छ । युरोपेली संघलाई त्यसमा जोड्ने हो भने लगभग ५५ प्रतिशत हुन आउँछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]