१२ कार्तिक २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, कार्तिक १०, २०७७

वडा दशेकाे अवसरमा अन्य बर्ष सप्तरीका अधिकांस मठ मन्दिरहरुमा हजाराे भक्तजनहरुकाे भिड लाग्ने गरेकाे थियाे ,तर यश बर्ष काेराेना महामारिका कारणले भक्तजनहरुकाे सङख्यामा कमि अाउनुका साथै सप्तरीको भारदह स्थित कङकालिनि मन्दिरमा राङगाकाे बलिमा समेत कमि अाएकाे छ ।

कोरोना महामारीको बाबजूत कंकालनी भगबती मंदिर भारदहमा आज महानमिको अवसरमा २८१ ओटा रंगाको बली प्रदान गरिएको छ । गत बर्ष ६२५ ओट रंगाको बलि प्रदान गरेकाे थियो । विगत लामाे समयकाे लकडाउन र बन्दा बन्दिका कारणले अधिकाश मठ मन्दिरहरु बन्द रहेपनि वडा दशैंकाे अवधिभरि सप्तरीका मठ मन्दिरलाई निषेधाज्ञा जारि गरेपछि सप्तरीमा रहेका अधिकाश मठ मन्दिर यश बर्ष खल्लाे भएको स्थानियहरु बताउछन ।

काेराेना कहरका कारणले मठ मन्दिर तथा शक्ति पिठहरुमा सर्वसाधारण भक्त जनहरुकाे दर्शन तथा पुजापाठमा समेत गत बर्षकाे तुलनामा यश बर्ष निकै कमि अाएकाे मन्दिर समितिले जनाएको छ । अन्य बर्ष सप्तरीको भारदहकाे कन्कलानी मन्दिरको राङगा बलि हेर्नका लागि सप्तरीका साथै छिमेकि सिरहा, सुनसरि ,माेरङ ,झापा सम्मका भक्त जनहरु अाउने गरेका थिए ,तर यश बर्ष काेराेना कहरले भक्तजनका साथै राङगा बलिमा समेत निकै कमि भएको मन्दिर समितिले जनाएको छ । यस्तै सप्तरीको छिन्नमस्ता स्थित सखडेश्वरि मन्दिरमा दशैं अवधिमा हजाराे खसी बाेकाकाे दिनहु बलि प्रदान हुने गरेकाे थियाे ,तर यश बर्ष काेराेना महामारि र अर्कोतिर स्थानिय प्रशासनले लगाएकाे निषेधाज्ञाका कारणले माताकाे दरवारमा भक्तजनहरुकाे सङ्ख्यामा कमि अाउनुका साथै खसी बाेकाकाे बलिमा समेत कमि अाएकाे मन्दिरका पिठाधिश महाकान्त ठाकुरकाे भनाइ रहेकाे छ ।

अन्य बर्षहरुमा नेपालका विभिन्न जिल्लाका साथे छिमेकि भारतबाट दिनहु लाखौं भक्तजनहरु माताकाे दर्शन तथा पुजापाठ र बलि प्रदान गर्न अाउने गरेपनि यश बर्ष काेराेना महामारिले भक्तजनका साथै खसी बाेकाकाे बलिमा समेत कमि अाएकाले मन्दिरको अाम्दानि नै घटेकाे पिठाधिश ठाकुरकाे कथन रहेकाे छ । यश बर्ष नवमि तिथि सम्ममा करिब १ हजारकाे हाराहारिमा मात्र खसी बाेकाकाे बलि प्रदान भएको जनाएको छ । यसेगरि नवमिके अवसरमा सप्तरीको राजगढ गाउपालिका स्थित बेल्हि ,तिलाठि काेइलाडि गाउपालिका स्थित काेइलाडिमा समेत राङगाकाे बलि प्रदान भएको छ । यस्तै सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न.१ बरहि बिरपुरमा स्थानिय युवा तथा स्थानियबासिहरुकाे सहयाेगमा नव दुर्गा भगवतिकाे मन्दिर स्थापना गरि विभिन्न नाच ,गानका साथै सास्कृतिक कार्यक्रमको अायाेजना गरि भव्य रुपमा वडा दशैं मनाइरहेकाे वडाअध्यक्ष बिनाेद कुमार यादवले जानकारि दिनुभयाे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]