१० मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण १८, २०७७

हङकङ – हङकङमा सरकारविरुद्ध षड्यन्त्र गरेको आरोपमा मुद्दा चलाइएका लिइएका ४७ जना अधिकारकर्मीलाई सोमबार अदालतमा पेस गरिएको छ ।

५५ जना अधिकारकर्मीमध्ये ४७ जनालाई हङकङमा गतवर्ष पारित गरिएको विवादास्पद राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत आइतबार मुद्दा लगाइएको थियो । मुद्दा चलाइएसँगै प्रहरीले उनीहरूलाई आत्मसमर्पण गरी थुनामा बस्न भनेको थियो ।अधिकारकमीहरूलाई अदालतमा पेस गर्ने क्रममा समर्थकहरूको ठूलो उपस्थिति रहेको थियो । त्यस क्रममा केहीले ‘हङकङलाई स्वतन्त्र बनाउ, स्वतन्त्रताका पक्षमा लडौं र हामी हङकङको पक्षमा उभिन्छौं,’ लगायतका नारा लगाएका थिए । उक्त भीड नियन्त्रणका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको बीबीसीले जनाएको छ ।हङकङ सरकारले सन् २०२० को संसदीय चुनावमा विपक्षी दलका उम्मेदवार छान्न अनधिकृत रूपमा प्रारम्भिक चुनाव गरेको आरोपमा ४७ ती अधिकारकर्मीविरुद्ध मुद्दा चलाएको हो । उक्त चुनाव हङकङमा सत्ता हत्याउने कोसिस भएको चीन र हङकङका अधिकारीको दाबी छमुद्दा चलाइएकाहरूमा २३ देखि ६४ वर्ष उमेर समूहका ३९ पुरुष र ८ जना महिला रहेका प्रहरीले जनाएको छ ।

चीनले गत वर्ष हङकङमा स्थायित्वका लागि आवश्यक भएको भन्दै राष्ट्रिय सुरक्षा कानुन ल्याएको थियो । तर आलोचकहरूले उक्त कानुनले फरक मत राख्ने अधिकार तथा हङकङको स्वतन्त्रतामाथि बन्देज लगाएको बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]