जिल्ला धनुषा बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर राउत क्षेत्री घुस काण्डपछि फरार भएका छन् ।
भवन निर्माण सम्पन्न पश्चात भुक्तानी दिने प्रयोगजनका लागि सेवाग्राहीसँग राउतले घुस मागेका थिए । सोही सूचनाका आधारमा अखि्तयार दुरुपयोग अनुसन्धान आयोगको मुख्यालय टंगालबाट टोली खटिएका थिए ।राउतले मागे जति्त रकम लिएर सेवाग्राही राउतलाई उक्त रकम बुझाउने तयारीमा थियो । राउतले सेवाग्राहीसँग आठ लाख रुपैयाँ रकम मागेको थियो । सेवाग्राहीले उक्त रकम दिँदै गर्दा अखि्तयारले पीछा गरेको उनले चाल पाए । त्यसपछि गाउँपालिकाका सवारी चालक विर बहादुर मगरले चलाएको प्र–२–०२–००१ झ ०००२ नम्बरको कालो रंगको स्करपियो गाडीमा सेवाग्राहीले दिएको आठ लाख रुपैयाँ हालेर भागेका थिए । भाग्ने क्रममा उक्त रकम धनुषाकै छिरेश्वर नगरपालिका–५ को बाटो छेउमा फ्याकी फरार भएका थिए ।त्यसपछि राउतका सवारी चालक मगरलाई बटेश्वर गाउँपालिका–४ बाट सोमबार दिउँसो नियन्त्रणमा लिईएको अखि्तयारले जनाएको छ ।
नगद रकम आठ लाख रुपैयाँ बाटो छेउको जमिनमा फालिएको अबस्थामा फेला पारी मगरलाई थुनामा राखि थप अनुसन्धान गरिरहेको अखि्तयारका प्रवक्ता नारायण प्रसाद रिजालले बताए ।