११ मंसिर २०८१, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण १८, २०७७
Sorry No Photo is selected hare

रुपनी – सप्तरीको रुपनी गाउँपालिका अन्तर्गत विभिन्न शाखामा कार्यरत कर्मचारीहरुलाई सरुवा गरेको प्रति निर्वाचित जनप्रतिनिधिहरुको गम्भिर ध्यानाकर्षण जनाएको छ ।

गाउँपालिका का प्रमुख प्रशासकिय अधिकृत रेणुका शाह ले एकल निर्णय गरी विभिन्न शाखाका कर्मचारीहरुलाई सरुवा गरेको भन्दै निर्वाचित एक दर्जन जनप्रतिनिधिहरुले मंगलबार रुपनी गाउँपालीका सप्तरीमा ज्ञापन पत्र बुझाएका छन् ।
स्थानीय निकाय संचालन भएदेखि कार्यरत कर्मचारीहरुले कुशलतापु्र्वक सेवा दिदै आएको बताउँदै गाउँपालीका का प्रमुख प्रसासकिय अधिकृत रेणु साहको एक्कल निर्णयमा सवैलाई सरुवा गरेको ,ज्ञापन पनत्रमा उल्लेख गरीएको छ ।

निर्वाचित वडा अध्यक्षहरुलाई वेवास्ता गर्दै जनतालाई अनावश्यक दुख दिने नियतले स्थानीय सरकारको मर्म र भावना विरुद्ध कार्य गरेको तथा राजनैतिक पुर्वाग्राही भावनाले अन्य राजनैतिक ब्यक्तिको दवावमा पायक पर्ने कर्मचारीलाई आफनो स्वार्थ पुरा गर्न नेपाल सरकार र स्थानीय सरकारको निति ,नियम ,मर्मलाई वेवास्ता गर्दै गाउँपालिकालाई भत्ताभुङ्ग गर्न खोजेको भन्दै सो ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझाउने मा


रुपनी गाउँपालिका वडा न। ३ का वडाअध्यक्ष अमर मुखिया ,४ का वडाअध्यक्ष छेदी इसर , ५ का वडाअध्यक्ष जगदिश दास ,६ का वडाअध्यक्ष बद्री नारायण चौधरी ,कार्यपालिका सदस्यहरु ज्ञानेन्द्र प्रसाद ईसर ,सिता देवी साह ,भुपिया देवी खंग ,देवकी देवी ,रामकुमारी सदा र लिला देवी साह लगायत रहेका छन् । संयुक्त रुपमा हस्ताक्षर गरी बुझाईएको ज्ञापन पत्रमा आफ्ना मागहरु सात दिन भित्रमा पुरा नगरे गाउँपालिका विरुद्ध जस्तो सुकै कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन । उक्त ज्ञापन पत्र जिल्ला समन्वय समिति तथा जिल्ला प्रशासन कार्यालय सप्तरीलाई समेत बोधार्थ गरीएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]