११ मंसिर २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण १९, २०७७

काठमाडाै‌ – नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३ गतेपछि राजनीतिक संक्रमण सवै क्लियर हुने दावी गरेका छन्।

सिभिल अस्पतालमा कोरोनाको भ्याक्सिन लगाउन पुगेका दाहालले सञ्चारकर्मीहरुलाई यो राजनीतिक संक्रमण अव लामो समय नजाने प्रतिक्रिया दिएका हुन्।राजनीतिक संक्रमण कहिले अत्य हुन्छ? भनी सोधिएको प्रश्नमा दहालले यस्तो जवाफ दिएका हुन् । ‘तपाईले सोध्नु भएको अर्को मैले वुझेँ, त्यो २३ गतेपछि सवै क्लियर हुन्छ,’ दाहालले भने, ‘आवश्यक न्यूनतम समय त लाग्ला । ऐन कानुन नियम अनुसार प्रक्रिया कति समय लाग्छ त्यसबाहेक यो लामो समय जादैन ।’राजनीतिक संक्रमण के हुन्छ भन्ने चिन्ता सवै जनतामा रहेको भन्दै दाहालले सर्वोच्चको फैसलाले संविधान र लोकतन्त्रको विजय भएको बताए ।

‘अव राजनीतिक ट्याकमा जान्छ भन्ने सर्वोच्चको फैसलाले देखाएको छ,’ दाहालले भने, ‘निरंकुशता, स्वच्छचािरता र दम्भमाथि न्याय तथा लोकतन्त्रको जित भएको छ ।’पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको सिफारिस गरेका थिए । नेकपाको आन्तरिक विवादका कारण ओलीले संसदलाई असंवैधानिक रुपमा विघटन गरेका थिए । उनको विघटन सर्वोच्च अदालतले उल्ट्याएको छ। सर्वोच्चको आदेश अनुसार २३ गतेलाई सरकारले हिउँदे अधिवेशनसमेत बोलाएको छ।

उक्त अधिवेशन शुरु भएपछि प्रधानमन्त्री ओलीलाई हटाउने तयारी दलहरुले गरेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]