१२ कार्तिक २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, कार्तिक १३, २०७७

अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलमा सरकारी सुरक्षाबल र तालिबानी लडाकूबीच भएको झडपको क्रममा तालिबानका एक कमाण्डरसहित पाँचको मृत्यु भएको छ।

एक कमाण्डरसहित मारिएका तालिबानका यी सदस्यहरू हालै मात्र जेल मुक्त भएका थिए। अफगानिस्तानका तालिबान र अमेरिकाबीचको शान्ति वार्ताको लागि अमोरिका र तालिबानबीचको सम्झौताअनुसार यी तालिबान लडाकूलाई जेल मुक्त गरिएको थियो।

काबुलमा अधिकारीहरूले रिहा गरेका कैदीहरूमध्ये एक कमाण्डरसहित कम्तीमा पाँच जना तालिबानी मारिएका स्थानीय प्रहरी प्रमुख हेक्मतुल्लाह कोचीले बुधबार बताए।
कोचीले हालै जेल मुक्त भएका ५ हजार तालिवान कैदीबीच छुटेका कमान्डर अहमद शाहलाई गोली हानेर मारेको एक प्रेस विज्ञप्तिमा जनाइएको छ।

अफगान सुरक्षाबलको स्थानीय चौकीमा आक्रमण गर्न आएका यी पाँच तालिबान लडाकू मारिनुको साथै अरू दुई तालिबानी लडाकू घाइते भएको कोचीले बताए।

उत्तरपूर्वी अफगान प्रान्तको कुन्दुज प्रान्तमा बम विस्फोटको एउटा अर्को घटनामा पाँच तालिबानी लडाकूको मृत्यु भएको छ।

तरनाब इलाकामा भएको एक बम बिष्फोटमा परी मोहम्मद भनेर चिनिने एक कमाण्डरसहित पाँच जना तालिबानी लडाकू मारिनुको साथै अन्य पाँच घाइते भएका अफगान सेनाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

यस घटनाको विषयमा तालिबानी लडाकू समूहले केही टिप्पणी भने गरेका छैनन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]