११ मंसिर २०८१, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण २२, २०७७

विराटनगर – विराटनगर महानगर उपमेयर इन्दिरा कार्की न्यायिक समितिकी मुख्य खम्बा पनि हुन् तर उनको न्याय भने जनतामारा प्रवृत्तिको देखिएको छ ।

उनी दादागिरी शैलिमा अगाडी बढेकी छन् । गरिब सुकुम्बासीलाई दुःख दिने मनसायका साथ उनी लागिरहेकी छन् । पछिल्ला घटनाक्रमले पनि यही पुष्टि गरेको छ । उनले दिने न्याय जनतामारा प्रकृतिको देखिन्छ ।

न्यायिक समितिमा रहेर न्याय दिनुपर्ने ठाउँमा रहेकी उपमेयर कार्कीले यस्तै काम गरेकी छन् । उनले विराटनगर ३ स्थित गोग्राहा कन्यामार्गमा रहेका ४ घर सुकुम्बासी बस्ति उठाउन शुक्रबार गरेको प्रयास स्थानियले बिफल पारिदिएका छन् । महानगर र प्रशासनको सहयोगमा डोजर लिएर सुकुम्बासीको घर भत्काउन पुगेकी कार्कीलाई स्थानियले लखेटेका छन् । विकल्प बिना ४० वर्ष भन्दा अगाडी देखि बस्दै आएका सुकुम्बासीलाइ उठाउन खोजेपछि सुकुम्बासी अधिकारका क्षेत्रमा काम गर्दै आएका बिमल निरौलाले उपमेयरको कार्यको भत्र्सना गरेका छन् ।


यता उपमेयरलाई बिवादास्पद गतिविधिमा सम्लग्न हुन सहयोग गर्ने अर्का पात्र हुन् वडा न. ३ का वडाध्यक्ष बिनोद बस्नेत । उनी न्यायिक समितिमा पनि छन् । उनका गतिबिधि संग स्थानीय वडावासी खुस छैनन् । बोल्ने शैलि तुच्छ भएको र जनताको काम सहजरुपमा गर्न नसक्ने आरोप उनिमाथी छ ।
जनप्रतिनिधिको कार्यकालको लगभग अन्तिम बर्ष पनि हो । काम देखाउने समय झण्डै झण्डै गुज्रिसकेका बेला उनिहरु बिकाउ भएको आरोप समेत लाग्ने गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]