१४ मंसिर २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण २२, २०७७

भक्तपुर – आइतबारदेखि दोस्रो चरणको कोरोना भाइरसविरुद्धको खोप कार्यक्रम सुरु हुँदैछ । सरकारले दोस्रो चरणमा ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई प्राथमिकताको आधारमा निःशुल्क खोप दिने भएको छ ।

सोहीअनुसार खोप दिन भक्तपुरमा ४२ वटा खोप केन्द्र निर्धारण गरिएको छ । यहाँका चारवटा नपामा उक्त संख्यामा खोप केन्द्र निर्धारण गरिएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।उनका अनुसार चाँगुनारायण र सूर्यविनायक नपामा ११–११ तथा भक्तपुर र मध्यपुर थिमि नपामा १०–१० गरी ४२ वटा खोप केन्द्र निर्धारण गरिएको छ ।उनले भक्तपुरमा फागुन २३ गतेदेखि ५ देखि ९ दिनसम्म खोप कार्यक्रम सञ्चालन हुने बताए । खोप लगाउने ज्येष्ठ नागरिकहरुको संख्याको आधारमा कम्तीमा ५ र बढीमा ९ दिनसम्म खोप कार्यक्रम सञ्चालन गर्ने प्रवन्ध मिलाइएको उनको भनाइ थियो ।
‘प्रत्येक खोप केन्द्रमा एकजना खोपकर्ता र ३ जना स्वास्थ्यकर्मी र आवश्यकताअनुसार स्वयंसेवक खटिने व्यवस्था मिलाइएको छ’, उनले भने, ‘यसअनुसार ४२ वटा खोप केन्द्रमा ४ सय २८ खोप कर्ता तथा स्वास्थ्यकर्मी र एकहजार २ सय ८४ जना स्वयंसेवक परिचालन हुनेछन् ।’ भक्तपुरमा करिब २५ हजार ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई खोप दिने लक्ष्य रहेको प्रमुख मिजारले जानकारी दिए ।भक्तपुरमा खोप कार्यक्रम सञ्चालन गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको उनले स्पष्ट पारे । खोप कार्यक्रम सफल पार्न वडास्तरीयदेखि जिल्लास्तरीय समन्वय समिति गठन गरिएको छ । प्रत्येक दिन खोप कार्यक्रमबारे प्रतिवेदन दिने संयन्त्रसमेत बनाइएको प्रमुख मिजार बताउँछन् ।‘खोप लगाउँदा कसैलाई जटिल असर देखिए तत्काल उपचारको लागि आईसीयूसहितको उपचार व्यवस्था गरेका छौं’, उनले थपे, ‘तर भक्तपुरमा पहिलो चरणमा खोप लगाउँदा जटिल असर देखिएको छैन । तैपनि पूर्वतयारी अवस्थामा रहेका छौं ।’ उनका अनुसार खोप लगाउँदा ज्वरो आउने, जाडो महसुस हुने, टाउको दुख्ने, जीउ र जोर्नी दुख्ने जस्ता सामान्य लक्षण भने देखिएको छ । तर यी लक्षण एकदुई दिनमा आफै निको हुने उनी बताउँछन् ।
ज्वरो लामो समय रहे सिटामोल खान सकिने उनी सुझाउँछन् ।

स्वास्थ्य कार्यालयका खोप अधिकृत प्रेम श्रेष्ठले कोरोना भाइरसको खोप लगाउँदा केही हुँदैन भनेर दुस्प्रचार गरिएको गुनासो गर्छन् ।‘कुनै पनि खोप लगाउँदा केही न केही असर गर्छ’, उनी भन्छन्, ‘त्यसैले कोरोना खोप लगाउँदा पनि असर देखाउँछ तर हामीकहाँ केही हुँदैन भन्ने दुस्प्रचार गरियो । फेरि कतै धेरै प्रचार पनि भयो ।’उनका अनुसार पहिलो चरणमा छुट भएका करिब २ हजार जनालाई पनि दोस्रो चरणमा खोप दिइनेछ । पहिलो चरणमा चिकित्सक तथा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सफाइ कर्मचारी, शव व्यवस्थापनमा प्रत्यक्ष संलग्न हुने तथा एम्बुलेन्स चालकहरुलाई खोप दिइएको थियो । त्यस्तै सरकारी, स्थानीय तह तथा संस्थानका कर्मचारीहरु, जनपद र सशस्त्र प्रहरी, जनप्रतिनिधि, पत्रकार र बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई पनि खोप दिइएको थियो ।

पहिलो चरणमा भक्तपुरमा ५ हजार ७ सय ९३ जनालाई खोप दिइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।सुरुमा सरकारले ५५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई खोप दिने भनेको थियो । सोहीअनुसार भक्तपुरमा ५५ वर्षमाथिका ४६ हजार ६ सय ८० जनाको तथ्यांक तयार गरिएको थियो । त्यस्तै शिक्षक, सार्वजनिक सवारी साधनका चालक तथा सहचालक, औषधि व्यवसायी र प्रयोगशालाका कर्मचारीहरुलाई पनि खोप दिइने बताइएको थियो ।

भक्तपुरका करिब ९ हजार ६ सय जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]